२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा क्याम्पसमा तोडफोड



अ+ अ-

बुटवल । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा विपक्षी दल निकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको विषयलाई लिएर तोडफोड गरेका छन् ।

आइतबार विभिन्न माग राखेर विद्यार्थी संगठनहरूले निर्वाचन आयोगको कार्यकक्षमा तालाबन्दी गरेका थिए । सोहि कुरामा माग पूरा नगरी निर्वाचन प्रक्रिया सुरु गरेको भन्दै सोमबार उनीहरुले क्याम्पसको हलमा तोडफोड गरेका हुन् ।

एमालेनिकट अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरु क्याम्पस प्रवेश गरेपछि समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेस विद्यार्थी युनियनले कुर्सी तोडफेड गरेको अनेरास्ववियु क्याम्पस अधयक्ष विवेक भण्डारीले जनाएका छन् ।