२९ श्रावण २०८३, शुक्रबार
,
Latest
निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह १५ औं महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औं कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी जापानिज एजुकेसन ग्रुप फुटसलको विजेताले एक लाख पाउने ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित



अ+ अ-

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी परेका छन् । एउटै विद्यालयका ५० बढी विद्यार्थी बिरामी पर्दा पठनपाठन प्रभावित भएको हो । बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ज्योति विकास माध्यमिक विद्यालय र सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी परेका हुन् ।

ज्योति विकास माध्यमिक विद्यालयका १८३ जना विद्यार्थीमध्ये करिब १०० विद्यार्थी मात्रै पढ्न आएको प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो । विद्यालय आएका विद्यार्थीहरु पनि ज्वरो र रुघाखोकीबाट ग्रसित बनेको उहाँको भनाइ छ । बिहीबार रातिदेखि नै ढोरपाटनमा हिउँ परेको थियो ।

विद्यालयमा बालबालिकालाई न्यायो बनाउने कुनै पनि सामग्री नहुँदा चिसो सिरेटाका कारण विद्यार्थी बिरामी परेको प्रधानाध्यापक अदैले सुनाउनुभयो । बालबालिका बिरामी हुन थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने स्थिति आउन सक्ने उहाँको भनाइ छ ।

चिसोका कारण गत पुस २० गतेदेखि बन्द भएको विद्यालय माघ २० गतेदेखि सञ्चालनमा आएको अदैले जानकारी दिनुभयो । “गर्मी बढ्ने बेला हिउँ प¥यो, धेरै विद्यार्थी बिरामी परेर पठनपाठन प्रभावित बनेको छ, दुई दिन हिउँ प¥यो, चिसो सिरेटो चल्ने गर्छ, माथिल्लो डाँडामा अझै बाक्लो हिउँ छ,” अदैले भन्नुभयो, “विद्यालयमा बालबालिकाको उपस्थिति कम हुँदै गएको छ, चिसोका बेला विद्यार्थीलाई न्यायो बनाउने सामग्री हुन्थ्यो भने पठनपाठन गर्न सहज हुन्थ्यो, चिसो ठाउँमा सिमेन्टका भवन छन्, त्यसले झन् चिसो हुन्छ ।” उहाँले कोठा चिसो हुँदा मैदानमै बसेर पढाउने गरेको भन्दै दिनभर चिसो सिरेटो चल्दा पठनपाठन गर्न समस्या भएको सुनाउनुभयो । कक्षाकोठामा हिटरको व्यवस्थापन गर्न सके सहज हुने अदैको भनाइ छ ।

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले पूर्वधार निर्माणबाहेक अरू केही नगरेको बताउनुभयो । चिसो ठाउँमा बालबालिकालाई सुरक्षित साथ पठनपाठन गराउन न्यानो प्रदान गर्ने सामग्रीहरु उपलब्ध गराउन आवश्यक रहेको उहाँको भनाइ छ ।रासस