२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना



अ+ अ-

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शाह आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

शाहलाई मुटुसम्बन्धी समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ । शाहलाई यसअघि तीन पटक हृदयाघात भएको थियो ।