१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा मनकामना दर्शनार्थी सवार माइक्रोबस दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते



अ+ अ-

काठमाडौं । गोरखामा मनकामना दर्शनार्थी सवार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।

मनकामना मन्दिर दर्शनार्थी बोकेको ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनाबारे बिस्तृत जानकारी आउन बाँकी छ ।