२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन



अ+ अ-

एजेन्सी । सरकारी तथ्याङ्कअनुसार जारी सशस्त्र द्वन्द्वको बीचमा सुडानले २०२४ मा सुन उत्पादनमा उच्चस्तर वृद्धि हासिल गरेको छ ।

सुडानको खनिज स्रोत कम्पनीले जारी गरेको प्रतिवेदन अनुसार सुडानले २०२४ मा कुल ६४.४ टन सुन उत्पादन गरेको हो । जसबाट सरकारी राजश्वमा लगभग १.६ अर्ब अमेरिकी डलर प्राप्त भएको छ ।

सुडानका खनिज मन्त्री मोहम्मद बशीर अब्दुल्लाह अबु नम्मुले २०२४ मा देशको सुन उत्पादनमा भएको वृद्धिको श्रेय धेरै कारकहरूलाई दिनुभएको छ । जसमा अधिकांश उत्पादन क्षेत्रहरू चलिरहेको द्वन्द्वबाट अप्रभावित रहेको तथ्य पनि समावेश छ ।

सुडानमा सुन उत्पादन गर्ने ९० प्रतिशत क्षेत्रहरू सुरक्षित क्षेत्रहरू हुन् जुन युद्धबाट प्रभावित भएका छैनन् । यी क्षेत्रहरूमा उत्तरी, नाइल नदी, लाल सागर, कसला, गेडारेफ र ब्लू नाइल राज्यहरू समावेश छन् । यी क्षेत्रहरू द्वन्द्वबाट अप्रभावित रहेपछि उत्पादन धेरै हदसम्म स्थिर रहेको छ । जुन सुन उत्पादनमा उल्लेखनीय वृद्धिको एक कारण हो ।

विदेशी मुद्रा प्राप्त गर्न सुडान मुख्यतया सुन निर्यातमा निर्भर छ ।