६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ

सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ
सन्दीप लामिछाने
अ+ अ-

काठमाडौं । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ । 

    
उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गर्नुभयो । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिनुभयो । जमैका तलावाजबाट खेलिरहनुभएका उहाँले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिनुभयो । योसँगै जारी प्रतियोगितामा सन्दीप ४ खेलमा ५ विकेट लिन सफल हुनुभयो । ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा टस जितेर सन्दीपको टोली जमैकाले बलिङ रोजेको थियो । 

सन्दीपले खेलको १०औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्दै मात्र तीन रन दिनुभएको थियो । खेलको १२औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै उहाँले चार रन खर्चेर एक विकेट लिनुभयो । सो ओभरको पहिलो बलमा नै उहाँले सिर्फान रदरफोर्डको विकेट लिनुभयो । रदरफोडलाई एक रन बनाएको अवस्थामा सन्दीपले आसिफ अलीको हातबाट क्याचआउट गराउनुभएको थियो । खेलको १४औं ओभरमा आफ्नो तस्रो ओभर बलिङ गर्दै उहाँले मात्र एक रन विपक्षी खेलाडीलाई बनाउन दिनुभयो । खेलको १६औं ओभरमा सन्दिपले आफ्नो अन्तिम ओभर बलिङ गर्ने क्रममा चार रन खर्चिनुभयो । आजको खेलमा उहाँको बलमा विपक्षी खेलाडीले चौका र छक्का हिर्काउन सक्नु भएन ।  

यसअघि पहिला ब्याटिङ गर्दै गुएनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाउन सक्यो । जमैकाले १०९ रनको विजय लक्ष्य ५ विकेटको नोक्सानीमा १८ ओभरमा पूरा गर्यो । जमैकाका लागि मुजिब उर रहमान तथा फिडेल इडवार्डले तीन÷तीन विकेट लिनुभयो । गएनाका लागि रोस टेलरले सर्वाधिक २३ रन बनाउनुभयो । 

यस्तै १०९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि नकु्रमह बोनरले सर्वाधिक ३० तथा ग्लेन फिलिप्सले २६, जेरमाइन्ड ब्लाकवुडले २३ तथा आन्द्रे रसेलले अविजित २३ रन बनाउनुभयो । बलिङतर्फ गुएनाका नविन उल हकले दुई तथा इमरान ताहिर, अश्मद निद र किमो पउलले एक एक विकेट लिनुभयो । जितसँगै सन्दीपको टोली जमैका अङ्क तालिकाको चौथो स्थानमा उक्लेको छ । जमैकाले हालसम्म दुई खेलमा जित तथा दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । यस्तै गुएना आजको खेलमा हारे पनि तेस्रो स्थानमा छ । गुएनाले हालसम्म पाँच खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ । सन्दीप टोली जमैकाले अब पाँचौँ खेल बिहीबार बिहान सवा तीन बजे बार्बाडोस ट्रिडेन्टससित खेल्नेछ ।