१२ श्रावण २०८३, मंगलवार
,
Latest
एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्यायः कहिलेसम्म लाग्दैन शुल्क ? सुकुम्बासी व्यवस्थापनबारे सांसद पौडेललाई मेयर आचार्यको जवाफः ‘जनतालाई भ्रमित नपार्नुहोस्’ पोखराको पर्यटन सुरक्षा सुदृढ बनाउन प्रहरी र व्यवसायीबीच छलफल ‘माईतीघर डुबानको मुख्य कारण प्राकृतिक जलाशयको विनाश, ढलको अतिक्रमण र टुकुचाको उल्टो चाप’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवादः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा आर्थिक समृद्धि तथा सामाजिक रूपान्तरणका लागि वैज्ञानिक समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए ।

पार्टीको बागमती प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले राष्ट्रिय पुँजीमार्फत औद्योगिकरण गरी समाजमा आर्थिक गतिविधि सञ्चालन र त्यसले मुलुकमा समाजवादी क्रान्ति पूरा गर्न सहयोग पुर्याउने धारणा राखेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय उत्पादनले आत्मनिर्भर अर्थतन्त्रको विकास र आयात प्रतिस्थापनले मुलुकको बढ्दो व्यापारघाटा न्यूनीकरण गर्ने बताए । उनले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले देशमा अस्थिरता, भ्रष्टाचार, दण्डहीनता मौलाएको विचार व्यक्त गरेका छन्।

अध्यक्ष नेपालले उक्त प्रदेशको नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज डा गङ्गालाल तुलाधर, सचिव सावित्रा भुसाल, निर्वाचन आयोग अध्यक्ष माधव पौडेललगायत नेताको सहभागिता रहेको थियो । रासस