२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ– क्रेमलिन



अ+ अ-

एजेन्सी । क्रेमलिनले आइतबार प्रसारित टिप्पणीमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः यसको आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो छ भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोज्नुभएको छ र संयुक्त राष्ट्रसङ्घमा रुसको पक्षमा उभिनुभएको छ ।

“नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा परिवर्तन गरिरहेको छ । यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी टेलिभिजनका एक पत्रकारलाई भन्नुभयो, “अझै लामो बाटो तय गर्नुपर्ने छ, किनकि द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण परिसरमा ठूलो क्षति भएको छ । तर यदि दुई नेताहरू, राष्ट्रपति पुटिन र राष्ट्रपति ट्रम्पको राजनीतिक इच्छाशक्ति कायम रहेमा यो मार्ग निकै छिटो र सफल हुन सक्छ ।”

पेस्कोभले यी टिप्पणीहरू बुधबार गर्नुभए पनि ती टिप्पणीहरू आइतबारमात्र सार्वजनिक गरिएका थिए ।

शुक्रबार ह्वाइट हाउसमा एक आश्चर्यजनक टेलिभिजन भिडन्तमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई हप्काउँदै ट्रम्पले मस्कोसँग आफूलाई अझ जोड्नुभएको छ ।

सन् २०२२ फेब्रुअरीमा आफ्नो छिमेकी विरुद्ध पूर्ण सैन्य आक्रमण सुरु गरेको मस्कोले अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनले युक्रेनलाई बिना शर्त समर्थन गर्नुभएकामा निन्दा गरेको थियो ।