३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.24

Wind: 2.57

Humidity: 57

Latest
च्याम्पियन्स लिगः रियल र आर्सनल आमनेसामने, इन्टरसँग बदला लिने दाउमा बायर्न नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता चिकित्सा शिक्षा आयोगको बैठक: मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’ बजेट अधिवेशनमा शिक्षा विधेयक टुङ्ग्याउन सम्भव छैनः सभामुख तराई–मधेस जागरण अभियान आजदेखि पुनः सुरू प्रभु बैंक र गोरखा गार्डन होटलबीच सम्झौता नेप्से परिसूचक सात अङ्कले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरा केबलकारबारे गृहमन्त्रीः सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहन्छ



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केबलकार निर्माणको क्रममा देखिएका समस्याहरु समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीले आन्दोलनत पक्षसँग पटक पटक वार्ता गरेको समेत बताउनु भयो । उहाँले आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो । सरकारले शान्तीपूर्ण ढंगले समस्याको समाधान गर्ने कुरालाई गम्भिरतापूर्वक लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘ताप्लेजुङको पाभिरा मन्दिर निर्माणका क्रममा देखिएका विवाद र समस्या समाधान गर्न गृह मन्त्रालयले पहलकदमी लिएको छ । सरकार वार्ता र संवादका माध्यमबाट समस्याको शान्तीपूर्ण समाधान चाहन्छ । यसका लािग सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको र उक्त टोलीले आन्दोलनरत पक्षसँग सहजिकरण गरिराखेको छ । र पटक पटक संवादहरु समेत भएका छन् । पछिल्लो समय वार्तामा केही अवरोध आएका कारण वार्ता टोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि फागुन १२ गते पुनः आह्वान गरेको छ । आन्दोलनरत पक्षबाट उठाइएका सांस्कृतिक, धार्मिक तथा स्थानीय समूदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध छ ।’

उहाँले हाल पाथिभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाई शान्ती सुरक्षा प्रदान गरिरहेको दाबी गर्नुभयो ।