२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

कोभिड १९ रोकथाम तथा नियन्त्रणकालागि सरकारले प्रभावकारी काम गर्न सकेन – सांसदहरु

कोभिड १९ रोकथाम तथा नियन्त्रणकालागि सरकारले प्रभावकारी काम गर्न सकेन – सांसदहरु
अ अ+ अ-

कोभिड १९ रोकथाम तथा नियन्त्रणकालागि सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् । काठमाडौं उपत्यका भित्र कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयास सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुबीच भएको छलफलमा सांसदहरुले सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।

उपत्यका भित्र अहिलेसम्म क्वारेन्टाइन निर्माण गर्ने, आइसोलेसन निर्माण गर्ने, आइसियु बेड र भेन्टिलेटरको संख्या बढाउने कुरामा सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका हुन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले आइसियु बेड र भेन्टिलेटरको संख्या बढाउन सरकारले चासो नदिएको बताउनुभयो ।

अहिले देशभर सञ्चालनमा रहेका र बिग्रिएर बसेका भेन्टिलेटरको संख्या १ हजार ५ सय भन्दा बढी नरहेको तर कोभिड १९ संक्रमितको उपचारमा अत्यन्त आवस्यक रहेको भएपनि सरकारले आयात गरेर संख्या बढाउन चासो नदिएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जीवनराम श्रेष्ठले संस्थागत आइसोलेसनको संख्या बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले काठमाडौं उपत्यकामा रहेका संक्रमितलाई होम आइसोलेसनमा राख्ने कुरा भइराखेको बताउनुभयो । बढी जनघनत्व भएको ठाउँमा होम आइसोलेसनमा राख्दा जोखिम बढ्ने तर्फ सरकारको ध्यान नगएको उहाँले बताउनुभयो । होम आइसोलेसनले परिवार र समुदायमा संक्रमण फैलाउने सम्भावना प्रचुर मात्रामा रहेकाले संस्थागत आइसोलेसनको व्यवस्थालाई नै जोड दिनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएका व्यक्तिहरुको नतिजा एक साता सम्म नआउँदा पनि संक्रमणको दरलाई कम गर्न नसकिएको उहाँको भनाई छ । कन्टयाक्ट ट्रेसिङबाट गरिएको पीसीआरको नतिजा ढिलो आउँदा संक्रमण नियन्त्रणको प्रयास विफल भइरहेको श्रेष्ठले बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर राईले अहिले पीसीआर परीक्षणका लागि एक साता अघि स्वाब लिइएकोहरुको नतिजा आएको र निषेधाज्ञा जारी भएपछिको आइ नसकेको भन्ने बुझिएको बताउनुभयो । त्यसैले निषेधाज्ञाको प्रभाव कोरोना नियन्त्रणमा कस्तो परेको छ भन्ने अवको दुई तीन दिनमा मात्रै देखिने उहाँले बताउनुभयो । उहाँले पीसीआरको नतिजा कुरिराख्ने स्थितिको अन्त्य गरी तत्काल नतिजा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की संसाद रामकुमारी झाँक्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छकी भन्ने डर स्थानीय तहका जनप्रतिनिधिमा भएको बताउनुभयो । सोही कारण प्रयाप्त मात्रामा क्वारेन्टइन र आइसोलेसन सेन्टरहरुको निर्माण हुन नसकेको उहाँले बताउनुभयो । वित्तीय व्यवस्थापनमा राजनीतिक व्यक्तिले हस्तक्षेप नगरी कर्मचारीलाई काम गर्न दिए अख्तियारको डर मान्नुनपर्ने विषयमा सांसदहरुले स्थानीय जनप्रतिनिधिलाई बुझाउनुपर्नेमा उहाँले बजोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले उपत्यकाभित्र कोभिड १९ को संक्रमणको दर बढ्दै गएको अवस्थामा संघीय सांसदहरुको भूमिका थप प्रभावकारी बनाउने विषयमा जोड दिनुभयो । छलफलको संयोजन समेत गर्नुभएका सांसद प्रधानले स्थानीय तहलाई सघाउन र सचेतना बढाउने विषयमा काम गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि तीनवटै जिल्लाको प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भदौ ३ गते मध्यरात देखि जारी भएको निषेधाज्ञालाई आज (बुधबार) बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १७ गते सम्म निरन्तरता दिने निर्णय समेत गरेको छ ।