२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनद्वारा नयाँ रणनीति तयार

उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनद्वारा नयाँ रणनीति तयार
अ अ+ अ-

काठमाडौं । उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञासँगै नयाँ रणनीति तयार गरेको छ । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ नगरपालिकाको फोरमले नयाँ रणनीति तयार गरेको हो । स्वाथ्य मन्त्रालयका विज्ञ, स्वाथ्य सेवा विभागसहितको टोलीसँग छलफल गरी उपत्यकामा कोरोना नियन्त्रण गर्न नयाँ रणनीति ल्याएको हो । रणनीतिअनुसार उपत्यकामा एकजना संक्रमतिसँग सम्पर्कमा आएका १३ जनासम्मलाई पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । उपत्यकामा झन्डै ३ हजार ५ जना संक्रमित छन् ।तीमध्ये एक संक्रमितसँग सम्पर्कमा आएका १३ जनाको पीसीआर परीक्षण गरिने भएको हो । सबै संख्या जोड्दा आउँदो एक साताभित्र करिब ४५ हजारको पीसीआर परीक्षण गरिने भएको छ ।

स्थानीय तहको जनस्वाथ्य विज्ञसहितको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको कोरोना परीक्षण गरिने निर्णय गरिएको बताइएको छ । स्थानीय निकायले कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको सम्बन्धित क्षेत्रमै गएर परीक्षण गर्ने तयारी गरेको छ । मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण शुरु भइसकेको जानकारी दिए । उनले भन– ‘केही दिन अघिदेखि नै परीक्षण शुरु गरिसकेका छांै । एकसातामा सबैको परीक्षण सक्ने लक्ष्य लिइएको छ ।’ उनका अनुसार सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रका वडा र टोलमा पुगेर परीक्षण गर्ने भएको छ । मेयर महर्जनले भने– ‘संक्रमितबाहेक सरकारी र निजी अस्पतालबाट गरिने परीक्षण यथावत् रहनेछ ।’
राजधानीमा कोरोना संक्रमणको दर उच्च विन्दुमा पुगेपछि सरकारले उपत्यकाका सबै स्थानीय निकायलाई फोकल पर्सनका रुपमा एकजना विज्ञ खटाएको छ ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि मेयर फोरमले नयाँ रणनीति तर्जुमा गरेको थियो । मेयर फोरमले गरेको सिफारिसका आधारमा काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थप गरेको हो । मेयर फोरमले अबको एक साताभित्र आइसोलेसन सेन्टर बिस्तार गर्ने, अझै पनि भनसुनको भरमा उपत्यका प्रवेश गर्ने प्रवृत्तिलाई पूर्णरुपमा कडाइ गर्ने, उपत्यकाका अस्पतालमा भेन्टिलेटर व्यवस्थापन गर्नेलगायतका निर्णय भएको मेयर महर्जनले जानकारी दिए। मेयर फोरमले उपत्यकामा निषेधाज्ञा हटे पनि उपत्यका प्रवेश र बाहिर जान कडाइ गर्ने जनाएको छ । ललितपुरका मेयर महर्जनका अनुसार एकसाता लामो निषेधाज्ञापछि पनि केही समय उपत्यका प्रवेश र बाहिर जाने नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको बताए ।

‘अत्यावश्यकबाहेक अन्य सवारी साधन पूर्णरुपमा रोक लगाउने गरी नाकामा कडाइ गर्न सिफारिस गरेका छौं।’ –उनले भने । मेयर फोरमले अबको एकसातापछि उपत्यकामा निषेधाज्ञा खुला भए पनि नाकामा कडाइ यथावत् राख्न सरकारलाई सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर एवं मेयर फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले महानगर क्षेत्रमा कोरोना परीक्षणलाई तीव्रता दिएको बताए। कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको परीक्षण शुरु भएको उनले बताए । उनले भने– ‘परीक्षणसँगै संघीय सरकारको सहयोगमा आइसोलेसन सेन्टर निर्माण गर्ने विषय अन्तिम चरणमा पुर्याएका छौं ।’

उता ललितपुरका एक महानगरसहित ५ नगरपालिकाले चिकित्सकमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेका छन् । मंगलबार स्वाथ्य सेवा विभागले आयोजना गरेको छलफल कार्यक्रममा ललितपुरका ५ जना मेयरले घटनाको भत्र्सना गर्दै कारबाही गर्नुपर्ने बताएका थिए । ललितपुर महानगरका मेयर महर्जनले ललितपुरका कुनै पनि नगरपालिकाभित्र यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो । उनीसँगै उपस्थित ५ जना मेयरले फ्रन्ट लाइनमा संक्रमितको सहयोग गरिरहेका चिकित्सकमाथि भएको दुव्र्यवहारले चिकित्सकमा वितृष्णा पैदा भएको भन्दै संयमता अपनाउन आग्रह गरेका थिए । नेपाल समाचारपत्र दैनिक