२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी

लेखर्कका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

लेखर्कका किसान व्यावसायिक मौरीपालनमा आकर्षित
अ अ+ अ-

भोजपुर। भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ–९ लेखर्कका स्थानीयवासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । मौरीपालनसम्बन्धी प्राविधिकसँगै आधुनिक ज्ञान पाएपछि परम्परागत रूपमा मौरीपालन गरिरहेका किसान आधुनिक मौरीपालनमा जुटेका हुन् ।

आधुनिक मौरीपालनको विषयमा आवश्यक ज्ञान दिएर व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक सहयोग गरेपछि सहजता भएको स्थानीयको भनाइ छ । यहाँ मौरीको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा लाग्न वडाले आवश्यक ज्ञान, सीप दिँदै आएको छ ।

मौरीसम्बन्धी आवश्यक तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय मौरीपालक किसान माधवप्रसाद चौलागाईँले बताए । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उनले जानकारी दिए । दुई चरणको तालिममा सहभागी भएसँगै आफैँले आधुनिक घार निर्माण गर्न सक्ने सीप हासिल गरेको उनको भनाइ छ । “मैले व्यावसायिक रूपमा मौरीपालन गरिरहेको छु”, उनले भने, “विगतमा मुढेघारमा मौरी पाल्दै आएको थिएँ । एक्काइस दिने मौरीपालनसम्बन्धी तालिम लिएपछि अहिले आधुनिक तरिकाले पालन थालेको छु ।”

मौरीपालनसम्बन्धी तालिम पाएपछि व्यावसायिक रूपमा लाग्न टेवा पुगेको स्थानीयवासी अमृत राईले बताउनुभयोे । आधुनिक रूपमा मौरीपालन गरेर आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ । तालिमका क्रममा मौरीपालनसम्बन्धी आवश्यक ज्ञान पाएको उनले बताए । आफूसँगै अहिले १५ घार मौरी रहेको उनले जानकारी दिए।

घरेलु तथा साना उद्योग कार्यालय र वडाको पहलमा २० जना मौरीपालक किसानलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरीघार निर्माणको तालिम दिइएको हो ।

यहाँका अधिकांश किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेकाले उनीहरूलाई आधुनिक मौरीपालनमा जोड्न वडाले आवश्यक काम गरिरहेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए। खेतबारीमा रासायनिक मल प्रयोगका कारण मौरी मासिने खतरा बढेकाले रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्नमा स्थानीयले ध्यान दिनुपर्ने उनको भनाइ छ । वडाले क्रमशः रासायनिक मलको प्रयोग न्यूनीकरण गर्नमा भूमिका खेलिरहेको उनले जानकारी दिए । पराम्परागत रूपमा हुँदै आएको मौरीपालनलाई आधुनिक प्रविधिमा जोड्न तालिमले सहयोग पुग्ने उनको भनाइ छ ।

“लेखर्क मौरीपालनका लागि निकै राम्रो क्षेत्र हो”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने “किसानले परम्परागत रूपमा मौरीपालन गरिरहेका छन् । पराम्परागत रूपमा गरिँदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधिमैत्री बनाउन जोड दिएका छौँ । मौरीपालनबाट स्थानीयवासीको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य छ । हामी मौरीपालनको स्रोत केन्द्रका रूपमा विकास गर्न लागिपरेका छौँ ।”

मौरीपालक किसानलाई लक्षित गरेर आफ्नो वडामा दुई चरणको तालिम सञ्चालन गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। घरेलु तथा साना उद्योग कार्यालयमार्फत वडाको पहलमा किसानलाई तालिम दिइएको हो । वडाका चार सय ६९ घरपरिवारमध्ये दुई सय ५० बढी किसानले मौरीपालन गरिरहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । “वडामा आर्थिक विकासको सम्भावना खोजिरहेका छौँ, किसानलाई कसरी आयआर्जनमा जोड्न सकिन्छ भनेर वडाले आवश्यक काम गरिहेको छ । धेरै किसानको रोजाइमा रहेको मौरीपालनलाई व्यावसायिकता दिन हामीले जोड दिएका छौँ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने।

मौरीपालन किसानलाई लक्षित गरेर २१ दिनसम्म सञ्चालन गरिएको तालिममा मौरीको आधुनिक घार निर्माण, माटेघार निर्माण, कृत्रिम रानी बनाउने, एक घारबाट अर्को घारमा मौरी स्थानन्तरण गर्ने, चिसो र झरीको मौसममा मौरीलाई कसरी बचाउनेलगायत प्राविधिक ज्ञान प्रदान गरिएको प्रशिक्षक जीवनाथ बरालले जानकारी दिए । सहभागी २० अगुवा किसानलाई अभ्यास गराएर सीप प्रदान गरिएको उनको भनाइ छ । रासस