२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक आजदेखि बस्दैछ ।

ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरु हुने छ ।

बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभिायान’ को समीक्षा हुनेछ ।

त्यस्तै बैठकमा पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

आजको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले एजेन्डाहरू प्रस्तुत गर्नेछन् । ती एजेन्डाहरूमाथि केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन् ।

जसपा नेपालमा २०१ जना निर्वाचित र ४० जना मनोनीत गरी २४१ जना केन्द्रीय सदस्य छन् ।