२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

यी प्रक्रिया पुरा भएमात्रै नेपाल आउन पाउने…

यी प्रक्रिया पुरा भएमात्रै नेपाल आउन पाउने…
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सञ्चालन गर्न लागेको हवाई उडानका लागि थुप्रै सर्त राखिएका छन् । मन्त्रालयले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको हवाई उडान प्रतिबन्ध खुला गराउँदै अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । पर्यटन मन्त्रालयले तय गरेको तालिकाअनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतारलाई अन्तर्राष्ट्रिय नियमित व्यावसायिक हवाई उडानले पुनः नेपालसँग जोडिदिनेछ ।

यसैगरी, सरकारले आगामी १६ भदौ पछि पनि स्वदेशी वायुसेवा कम्पनीबाटै विभिन्न देशमा चार्टर उद्धार उडान नै जारी राख्ने भएको छ । सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेलाई मध्यनजर गरी केही मुलुकमा चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने निणर्य गरेको हो । सरकारले पहिलो चरणमा पिसिआर परीक्षण सम्भव हुने मुलुकमा मात्र नियमित व्यावसायिक उडानको अनुमति दिएको छ । चौतर्फी विरोधपछि सरकार यस्ता मुलुकमा आगामी १६ भदौबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णय गर्न बाध्य भएको हो । पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ ।

पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य
पर्यटन मन्त्रालयले तय गरेको यस नयाँ तालिकाअनुसार अब नियमित व्यावसायिक उडानबाट नेपाल आउने हरेक यात्रुको पिसिआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनुपर्छ, त्यो पनि ७२ घण्टा भित्रको । पिसिआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिङ पास दिनुपर्ने छ ।

सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
अब एउटै उडानबाट आएका सबै यात्रुले पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ नतिजा भएको देखाएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्ने गरी विमानस्थलबाट सोझै आफ्नो जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । यस्ता यात्रुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड–१९ व्यवस्थापन केन्द्रले गर्नेछ । यस्ता यात्रुले आफ्नो स्वास्थ्य अवस्थाको जानकारीसमेत सम्बन्धित स्थानीय तह र केन्द्रमा नियमित जानकारी गराउनुपर्ने सर्त राखिएको छ ।

अनलाइन फाराम अनिवार्य
नियमित व्यावसायिक उडानबाट आउने सबै यात्रुले विमान चढ्नुभन्दा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको प्रमाण र सिसिएमसीको वेबसाइटमा राखिएको फाराम भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ । कुनै यात्रुले यस्तो फाराम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले विमान चढाउनुभन्दा अघिकै समयमा यात्रुलाई फाराम उपलब्ध गराउनुपर्ने सर्तसमेत राखिएको छ ।

फाराम भएका र नभएका यात्रु मिसाउन नपाइने
वायुसेवा कम्पनीले एउटै विमानबाट फाराम नेगेटिभ आएको र परीक्षण नै नगरेका यात्रुलाई ल्याउन पाउने छैनन् । यदि, कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा सो वायुसेवाले आफ्नै खर्चमा सो उडानका सबै यात्रुलाई अनिवार्य सात दिन होटल क्वारेन्टिनमा राख्नुपर्छ ।

कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही
सरकारले फाराम परीक्षण सम्भव नहुने नेपाली रहेका स्थानमा चार्टर उडान राखेको छ । तर, नियमित उडानमा भने अब फाराम नभएका, कोरोना पोजेटिभ देखिएका र सरकारले जारी गरेको सर्त पालना नगरी यात्रु ल्याएमा भने त्यसको सजाय सम्बन्धित वायुसेवा कम्पनीले पाउने भएका छन् । त्यसरी ल्याएमा एकातर्फ कानुनअनुसार कारबाही हुने र अर्कातर्फ यात्रु ल्याउँदाको खर्चसमेत सोही वायुसेवाले भर्नुपर्ने सर्त राखिएको छ । राजधानी दैनिक

विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य
सरकारले पहिलो चरणको नियमित उडानको क्रममा विदेशबाट नेपाली नागरिकबाहेक कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तिनका परिवारलाई मात्र आउन अनुमति दिएको छ । यस्ता व्यक्तिलाई बोर्डिङ पास दिने क्रममा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचयपत्र र पासपोर्ट हेर्नु पर्नेछ । कन्सुलर विभागले जारी गरेको परिचयपत्र नभएमा आफू कार्यरत संस्थाले जारी गरेको परिचयपत्रलाई पनि आधार मानेर वायुसेवा कम्पनीले विमान चढाउन सक्नेछन् ।

भिसाको जिम्मा अध्यागमनलाई
यस्तो उडानबाट आउने कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तिनका परिवारलाई दिइने भिसाको सम्बन्धमा भने अध्यागमन विभागको निर्देशनअनुसार निर्णय हुनेछ । विभागले अहिले अनअराइभल भिसा बन्द गरेका कारण भिसा लिन भने सम्बन्धित मुलुकस्थित नेपाली नियोगमा सम्पर्क गर्नुपर्छ ।

नियुक्तिपत्रवाहकलाई छुट
कुनै पनि कूटनीतिक वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा भने उसको नियुक्ति पत्र र पासपोर्टलाई आधार मानेर यात्राको अनुमित दिइनेछ । यस्ता व्यक्तिको पनि पिसिआर परीक्षणसहित अन्य प्रावधान भने नेपालीलाईसरह लागू हुने उल्लेख छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य
नेपाल आउने सबै यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ । उता, वायुसेवा र विमानस्थलका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै निर्देशनसमेत जारी गरेको छ । वायुसेवा कम्पनीले ती निर्देशनको समेत पालना गर्दै यात्रु नेपाल ल्याउन पाउनेछन् ।
जसका लागि अहिले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट छनोट भएका होटलको सूची सार्वजनिक भइसकेको छ । क्वारेन्टिनमा बस्नैपर्ने यात्रुले अग्रिम होटल बुकिङ गर्नुपर्नेछ । सरकारले रोक्ने निर्देशन दिएको समयमा जुनसुकै बेला पनि चार्टर तथा नियमित उडान बन्द हुन सक्ने समेत मन्त्रालयले आफ्नो सर्तमा उल्लेख गरेको छ । राजधानी दैनिक