२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो

नेपालमा कोरोना संक्रमितको निको हुने दर सार्कमै सबैभन्दा कम, विज्ञहरूद्वारा नराम्रो संकेतका रूपमा विश्लेषण

नेपालमा कोरोना संक्रमितको निको हुने दर सार्कमै सबैभन्दा कम, विज्ञहरूद्वारा नराम्रो संकेतका रूपमा विश्लेषण
अ अ+ अ-

काठमाडौँ । सार्क मुलुकमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६.६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ । सार्क राष्ट्रमा श्रीलंकामा कोरोना निको हुने दर सबैभन्दा राम्रो ९४.८८ प्रतिशत देखिएको छ । छिमेकी भारत तेस्रो स्थान (७६.२१ प्रतिशत) मा छ । ‘उपचार प्रक्रियामा कमजोरी र संक्रमितको पहिचानको कमीले गर्दा नेपालमा कोरोना निको हुने दर सबैभन्दा कम छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘निको हुने दर बढ्नुपर्छ तर नेपालमा घट्दो छ । यो राम्रो लक्षण होइन, मुलुकमा भएको कोभिडसम्बन्धी खराब उपचार व्यवस्थाको प्रतीक हो ।’

नेपालमा कोभिडको मृत्युदर ०.५० प्रतिशत छ । सार्क मुलुकमा सबैभन्दा कम मृत्युदर माल्दिभ्स (०.३९ प्रतिशत) मा छ भने सबैभन्दा बढी अफगानिस्तानमा ३.६७ प्रतिशत छ । भारतमा मृत्युदर १.८४ प्रतिशत, बंगलादेशमा १।३४ प्रतिशत, पाकिस्तानमा २.१३ प्रतिशत र श्रीलंकामा ०.४० प्रतिशत छ । हालसम्म सार्क राष्ट्रमध्ये भुटानमा कोभिडले कसैको मृत्यु भएको छैन । डा. ठाकुरले नेपालमा मृत्यु भएका धेरैको परीक्षण नभएकाले मृत्युदर अझै बढी हुन सक्ने बताए । ‘मुलुकमा कोरोनाले मृत्यु भएका सबैको तथ्यांक समेटिन सकिएको छैन,’ उनले भने, ‘प्रदेश २ को तीन क्षेत्रमा दुई–चार दिनयता कोभिडको लक्षणले मृत्यु भएका ७–८ जनाको परीक्षण नगरिएको जानकारी मसँगै छ । यस्तै अवस्था अन्य भागमा समेत होला ।’ सार्कका अन्य मुलुकमा जस्तै जाँचको मात्रा मात्र नभई दायरा बढाउनुपर्ने विज्ञहरूले औंल्याएका छन् । ‘जाँचको मात्राभन्दा पनि दायरा बढाउनुपर्छ, संख्या पुर्‍याउन परीक्षण गर्नु हुँदैन,’ उनले भने, ‘हाल दिनहुँ न्यूनतम २५ हजार परीक्षण गर्नुपर्छ । परीक्षण बढाउँदा केस बढेको स्पष्ट भइसकेको छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अर्का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले समेत दिनहुँ २५ हजारभन्दा बढी कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए । भारतले दिनहुँ दस लाखसम्म कोरोना परीक्षण गरिरहेको उल्लेख गर्दै उनले अन्य जनस्वास्थ्यको प्रक्रिया अपनाउनुका साथै परीक्षणको दायरा व्यापक नबनाएसम्म संक्रमण नियन्त्रण सम्भव नभएको बताए । पछिल्लो तथ्यांकअनुसार हाल नेपालमा ६ लाख ३५ हजार २ सय ५२, भारतमा ३ करोड ७६ लाख ५१ हजार ५ सय १२, पाकिस्तानमा २५ लाख १२ हजार ३ सय ३७, श्रीलंकामा २ लाख १३ हजार ४ सय ६२, माल्दिभ्समा १ लाख ५८ हजार ५५, भुटानमा ९० हजार ५ सय ५९, बंगलादेशमा १४ लाख ८५ हजार २ सय ६१, अफगानिस्तानमा १ लाख १८ हजार ९३ कोरोना परीक्षण भएको छ ।

‘हामीकहाँ कोभिडका केस म्यानेजमेन्ट राम्रो भएन,’ डा. मरासिनीले भने, ‘कोभिड संक्रमितहरू छिटो निको हुन चलनचल्तीमा देखिएका औषधि–उपचार पद्धति समयमा सुरु गरेनौं, यो भाइरल हो, आफैं निको हुन्छ भन्नेतिर गयौं ।’ कोभिडसँगै व्यक्तिमा भएको पुरानो संक्रमण र मौकावादी संक्रमणको समेत राम्ररी उपचार गरेको भए मृत्युदर कम हुने उनको दाबी छ । सार्क मुलुकमा कोरोनाको उपचारलगायतमा नेपालको अवस्था राम्रो नदेखिएको जनाउँदै उनले यसमा सरकारले नीतिगत रूपमै अविलम्ब सुधार गर्नुपर्ने बताए ।

डब्लूएचओको पछिल्लो विवरणअनुसार नेपालमा कोभिड–१९ रोग फैलावटको स्तर ‘क्लस्टर अफ केसेज’ अर्थात ‘समूहमा संक्रमण’ देखिएको छ । यो समुदायमा संक्रमण फैलिनु अगाडिको अवस्था हो । हाल सार्क मुलुकमा नेपालजस्तै समूहमा कोरोना फैलिएको मुलुक भारत, पाकिस्तान, अफगानिस्तान, माल्दिभ्स र श्रीलंका छन् । बंगलादेशमा कोरोना संक्रमण समुदाय (कम्युनिटी) मा फैलिसकेको छ भने भुटानमा कोरोनाको फैलावटलाई ‘स्पोरेडिक केसज’ अर्थात् ‘फाट्टफुट्ट मामिला’ भनेर डब्लूएचओले जनाउँदै आएको छ ।

डब्लूएचओले कोरोना फैलावटको स्तरलाई ‘स्पोरेडिक केस’, ‘क्लस्टर अफ केसेज’ र अन्त्यमा ‘कम्युनिटी ट्रान्समिसन’ अर्थात् समुदायमा प्रसारण भनेर तीन चरणमा परिभाषित गरेको छ । सार्कका आठ मुलुकले विश्वको २१ प्रतिशतभन्दा बढी जनसंख्या ओगटेको छ । कान्तिपुर दैनिक