५ असार २०८३, शुक्रबार
,
Latest
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादास्पद कोइरालालाई अध्यक्ष बनाउन आज वाणिज्य बैंकको बैठक बस्दै



अ+ अ-

काठमाडौँ — मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई अध्यक्ष चयन गर्न बुधबार बस्ने तय भएको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति बैठक बिहीबारका लागि सरेको छ ।

कोइरालाको विषयमा सबैतिर विवाद भएपछि बुधबार बैठक बस्न नसकेको बैंक स्रोतले जनाएको छ । ‘बुधबार बैठक बस्न सकेन,’ बैंकका कम्पनी सचिव भोला पौडेलले भने, ‘बिहीबार साँझ ५ बजे अनलाइन बैठक बस्ने तय भएको छ ।’ कोभिड–१९ को जोखिम उच्च भएकाले बुधबार सञ्चालक समिति बैठक बस्न नसकेको उनले बताए । कोरोनाको कारण देखाउँदै बिहीबार अनलाइन बैठक बस्ने भनिए पनि बुधबारचाहिँ कार्यालयमै बैठक बस्ने तयारी बैंक व्यवस्थापनले गरेको थियो ।

पौडेलले कोभिडका कारण सञ्चालक समिति बैठक बस्न नसकेको बताए पनि भित्री कारण कोइरालाको विवादास्पद छवि नै रहेको बैंकका एक उच्च अधिकारीले बताए । ‘कोइरालाको विवादास्पद छविका बारेमा सञ्चारमाध्यममा समाचार आयो,’ ती अधिकारीले भने, ‘यसकारण अघिल्लो दिन तय भएको बैठक पनि बस्न सकेन ।’ यो विषयमा बैंक व्यवस्थापनले अर्थ मन्त्रालयको राय लिनका लागि पनि बुधबारको बैठक सरेको हुन सक्ने ती अधिकारीको भनाइ छ । वाणिज्य बैंकका निवर्तमान अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्ड सदस्यमा नियुक्त गरेपछि खाली रहेको पदका अर्थ मन्त्रालयले कोइरालालाई नियुक्त गरेको थियो । सरकारले नियुक्त गरेका सञ्चालकमध्येबाट बैंक सञ्चालक समितिले एक जनालाई अध्यक्ष चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार बुधबारका लागि बैंकले बैठक डाकेको थियो ।

कोइरालाले यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाइसकेका छन् । हरेक स्थानमा कुनै न कुनै रूपमा उनको छवि विवादास्पद देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुनुका साथै नेकपाका उच्च नेताहरूसँग राम्रो साँठगाँठ रहेकै कारण उनले पटक–पटक सरकारी नियुक्ति पाउँदै आएका छन् । यही कारण पछिल्लो नियुक्तिको विषयलाई लिएर कोइराला र उपप्रधानमन्त्री पोखरेलको पनि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । (कान्तिपुर दैनिकमा खबर छ)