९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ



अ+ अ-

स्याङ्जा। नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले संविधान संशोधनको लागि सबै दल एकै ठाउँमा हुनुपर्ने बताएका छन्।

स्याङ्जाको गल्याङ ५ मा भएको दोस्रो हात्तीस्थान तामेकोट समिटको सनिवार समापन गर्दै पुर्वमन्त्री गुरुङले  भने ”सबै दल मिलेर संविधान बनाएको हो,अब संशोधन पनि सबै दल मिलेर संशोधन गर्नुपर्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले देश निर्माणमा राजनीति दलहरु बीच विभाजित हुन नहुने धारणा राखेका छन् । फरक झण्डा बोक्दैमा,फरक बिचार राख्दैमा हाम्रो शत्रु हुँदैन । हाम्रो शत्रु भोक हो गरिबी हो,अशिक्षा हो । ” उनले देश निर्माणमा सबैलाई हातेमालो गर्न तामेकोटबाट आह्वान समेत गरेका छन्।

तामेकोट समिटको समापनमा बोल्दै उनले पर्यटकीय क्षेत्रको ठुलो संभावना बोकेको यस क्षेत्रको सबै मिलेर विकास गर्नुपर्ने धारणा राखेका थिए। ”गाउँ गाउँ पुगेका मोटरले शहरको खाद्यान्न गाउँ गाउँमा लैजाने मात्रै होइन । गाउँका उत्पादन पनि शहर लैजाने वातावरण सिर्जना गर्नुपर्छ” उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई,गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई,वडा नम्बर ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भट्टराई,गरिमा विकास बैंकका निवर्तमान अध्यक्ष श्याम प्रसाद बस्यालले लगायतले पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना बोकेको तामेकोटको सबै मिलेर विकास गर्नुपर्ने धारणा  राखेका थिए ।