२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ



अ+ अ-

स्याङ्जा। नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले संविधान संशोधनको लागि सबै दल एकै ठाउँमा हुनुपर्ने बताएका छन्।

स्याङ्जाको गल्याङ ५ मा भएको दोस्रो हात्तीस्थान तामेकोट समिटको सनिवार समापन गर्दै पुर्वमन्त्री गुरुङले  भने ”सबै दल मिलेर संविधान बनाएको हो,अब संशोधन पनि सबै दल मिलेर संशोधन गर्नुपर्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले देश निर्माणमा राजनीति दलहरु बीच विभाजित हुन नहुने धारणा राखेका छन् । फरक झण्डा बोक्दैमा,फरक बिचार राख्दैमा हाम्रो शत्रु हुँदैन । हाम्रो शत्रु भोक हो गरिबी हो,अशिक्षा हो । ” उनले देश निर्माणमा सबैलाई हातेमालो गर्न तामेकोटबाट आह्वान समेत गरेका छन्।

तामेकोट समिटको समापनमा बोल्दै उनले पर्यटकीय क्षेत्रको ठुलो संभावना बोकेको यस क्षेत्रको सबै मिलेर विकास गर्नुपर्ने धारणा राखेका थिए। ”गाउँ गाउँ पुगेका मोटरले शहरको खाद्यान्न गाउँ गाउँमा लैजाने मात्रै होइन । गाउँका उत्पादन पनि शहर लैजाने वातावरण सिर्जना गर्नुपर्छ” उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई,गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई,वडा नम्बर ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भट्टराई,गरिमा विकास बैंकका निवर्तमान अध्यक्ष श्याम प्रसाद बस्यालले लगायतले पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना बोकेको तामेकोटको सबै मिलेर विकास गर्नुपर्ने धारणा  राखेका थिए ।