२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर प्रदेशस्तरीय भलिबलः सेनाको भैरवी दल र महोत्तरी फाइनलमा



अ+ अ-

सर्लाही। नेपाली सेनाको भैरवी दल र महोत्तरीको करुणा क्लब सर्लाहीको हरिपुरमा जारी भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

हरिपुर नगरपालिका–७ चिताइनमा शनिबार भएको सेमिफाइनल खेलमा विजयी हुँदै सेनाको भैरवी दल गण पाँच कुमारी र करुणा क्लबले कम्तीमा उपविजेताको उपाधि रक्षा गरेका हुन् । भैरवी दलले धनुषाको मिथिला विहारी नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धामा भैरवीले २५–१७, २५–२१ र २५–२० को नतिजा निकाल्यो ।

यस्तै दोस्रो सेमिफाइनलमा महोत्तरीको करुणा क्लबले सर्लाहीको बड्कुर्वालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । करुणाले बड्कुर्वालाई २५–२१, २५–२३ र २५–१८ ले पराजित गरेको आयोजक लक्ष्मीनाथ युवा क्लबका सल्लाहकार चेननारायण धामीले जनाकारी दिए । उनका अनुसार फाइनल खेल आइतबार हुनेछ ।

यस्तै प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय महिला भलिबलको लिग चरणको दुई खेल पनि आज सम्पन्न भएका छन् । शनिबार दिउँसो महोत्तरी र सप्तरीबीच भएको प्रतिस्पर्धामा महोत्तरी विजयी भएको छभने बारा र सर्लाहीबीच भएको दोस्रो खेलमा बारा विजयी भएको हो ।

महिला टोलीको सेमिफाइनल र फाइनल खेलहरू आइतबार बिहान र दिउँसो खेलाइने भन्दै पुरुषतर्फको फाइनल खेल आइतबार हुने आयोजक क्लबका अध्यक्ष नरहरि धामीले बताए । उनका अनुसार भलिबल खेल र खेलाडीको उर्वर भूमिका रूपमा रहेको यहाँ लक्ष्मीनाथ युवा क्लबको आयोजनामा हरेक वर्ष महाशिवरात्रिका अवसरमा अन्तर प्रदेशस्तरीय पुरुष र प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।

पुरुषतर्फ प्रतियोगिताका विजेता टोलीले सिल्ड, मेडल, प्रमाणपत्रसहित एक लाख र उपविजेता टोलीले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लबको भनाइ छ । प्रतियोगितामा सर्लाही, महोत्तरी, धनुषा, बारा, सिन्धुली, मकवानपुर र एक विभागीय गरी नौ टोली सहभागी छन् ।

यस्तै महिलातर्फको प्रदेशस्तरीय भलिबल प्रतियोगिताका विजेताले १५ हजार नगदसहित सिल्ड, मेडल, प्रमाणपत्र र उपविजेता टोलीले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा सर्लाही, बारा, सप्तरी र महोत्तरीका गरी चार टोली सहभागी भएका छन् । यहाँ विगत दुई दशक बढी समयदेखि भलिबल प्रतियोगिता आयोजना हुँदै आएको आयोजकको भनाइ छ ।

जिल्लास्तरीय, अञ्चलस्तरीय, क्षेत्रस्तरीय, प्रदेशस्तरीय हुँदै अहिले अन्तर प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना भइरहेको अध्यक्ष धामीले बताउनुभयो । यस प्रतियोगितालाई राष्ट्रियस्तरको प्रतिस्पर्धाका रूपमा लैजाने लक्ष्य रहेको उनले जानकारी दिए । रासस