२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो वीरगञ्ज गोल्डकपको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडको विजयी सुरुआत



अ+ अ-

पर्सा। दोस्रो वीरगञ्ज गोल्डकप २०८१ को उद्घाटन खेलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबले विजयी सुरुआत गरेको छ ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा आज भएको उद्घाटन खेलमा आयोजक युनाइटेड वीरगञ्जले पहुना टोली गरवाल डाइमन्ड फुटबल क्लब दिल्लीलाई एक–शून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनको यात्रा तय गरेको हो ।

खेलको दोस्रो हाफको सुरुआती चरणमा डाइमन्ड फुटबल क्लबका खेलाडी सन्दीप रानाले बल ‘क्लियर’ गर्ने  क्रममा सो बल आत्मघाती गोल हुँदै वीरगञ्ज युनाइटेड विजयी भएको हो ।  खेलको पहिलो हाफमा वीरगञ्ज युनाइटेडले ‘पेनाल्टी सुट आउट’को अवसर पाएको थियो तर कप्तान शिषस थापाले त्यो अवसरलाई गोलमा परिणत गन सकेनन् ।

आइतबार खेल भने सङ्कटा फुटबल क्लब र सहलेश फुटबल क्लब सिरहाबीच हुँदैछ । यसअघि  गोल्डकपको उद्घाटन गर्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुने बताउनुभयो ।

“यस प्रतियोगिताले फुटबलको सीप, कला सिक्ने र खेलमै आफ्नो करियर बनाउनका लागि ठूलो सहयोग पु¥याउने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “प्रतियोगिताले खेलकुदको विकास मात्रै नभई समग्रमा यहाँको अर्थतन्त्र, पर्यटन र सामाजिक जीवनमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा छ ।”

क्लबका महासचिव पङ्कज श्रेष्ठले वीरगञ्जमा फुटबल खेलको संस्कृति प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताले ओझेलमा परेका खेलाडीलाई नयाँ ‘प्लेटफर्म’ प्रदान गर्ने बताउनुभयो ।

आजदेखि सुरु भएको प्रतियोगिता आगामी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमन्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौँ, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीलाई  नगद रु ११ लाख ११ हजार १११ र उपविजेता  हुने टोलीलाई रु पाँच लाख ५५ हजार ५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ । यस्तै,  प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुने खेलाडीले नगद रु १० हजार प्राप्त गर्नेछन् ।