२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भु महोत्सवमा कुमा सागरको ऊर्जा पूर्ण प्रस्तुति-फोटो फिचर



अ+ अ-

काठमाडौं । काठमाडौं ऐतिहासिक तथा धार्मिक स्थल स्वयम्भुनाथमा आयोजित स्वयम्भु महोत्सवमा ‘कुमा सागर एन्ड द ख्वाप’ सांगीतिक समूहले शानदार प्रस्तुति दिएको छ ।

सिमसिमे पानी परेको साँझका कुमको प्रस्तुतीले माहौल मज्जाले तालेको थियो । खचाखच दर्शक रहेको भुखेल चौर कुमाले प्रस्तुती दिदा सांगीतिक पारखीहरू झुमेका थिए ।

कुमाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध बनाए। उनले ‘हावाको लहरसँगै उँडिरहन मन भो नि’ , ‘ओ चम्पा गना वाना’, ‘मेरो मनको डोलीमा’, ‘तिमी बिना अधुरो छु’ जस्ता हिट गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई नाच्न हौसाए ।

उनले नेवारी परम्परागत र आधुनिक संगीतको अनौठो मिश्रण प्रस्तुत गरेर नेपाली संगीत उद्योगमा छुट्टै पहिचान बनाएका छन्।

कुमाको स्टेजमा उपस्थितिलाई लिएर एक दर्शकले भने, “कुमा सागरको लाइभ प्रस्तुति सुन्न पाउनु स्वयम्भु महोत्सवकै आकर्षण बनेको छ। उनको स्वर र प्रस्तुति ऊर्जा र उत्साहले भरिएको थियो।”

१५ वडा अध्यक्ष तथा कार्यक्रम संयोजक ईश्वरमान डंगोलले महोत्सवले स्वयम्भू क्षेत्रको सांस्कृतिक महत्व र पर्यटन प्रवर्धनमा दिगो मद्दत गर्ने धारणा राख्दै स्थानीय उत्पादनको बजारीकरण, मौलिक खाना र हस्तकलाका सामानको महत्व वृद्धि गर्न महोत्सवले टेवा दिने जनाउनु भयो ।