६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

रसुवाको सुन्दरता र विकासको गति

रसुवाको सुन्दरता र विकासको गति
अ+ अ-

रसुवा । रसुवा जिल्ला आफैमा सुन्दर छ,स्वर्गको एउटा टुक्क्रा रसुवा नै हो भन्दा आयोक्ती नहोला ।तर यो स्वर्गको टुक्क्रा माथी बेला९बेलामा प्राकृतिक र कृतिम आक्रमणहरु भैराख्छ,कति सहनशिल अनि कति साहसी छ मेरो रसुवा सहन पर्ने ठाउमा सहिरहन सक्छ प्रतिक्रामण गर्नु पर्ने ठाउमा प्रतिक्रामण पनि साहसका साथ गर्छ । हार्न त जानेकै छैन,सधैभरी जितिराख्छ ।

रसुवाले कहिले भुकम्प नामक अजङ्गको शत्रुको सामना गर्नुपर्छ,कहिले हिम्स्रक बाढीपहिरोको त कहिले कोरोना नामक ज्यानमारा रोगको ।जसको जति आक्रमण भए पनि साहसका साथ सामना गरेको छ  रसुवाले ।रसुवा आफैमा सचेत छ,सक्षम छ ।तर कहिलेकाही राजनितीको नाममा फोहोरी खेल खेल्ने छट्टु खेलाडीको भ्रामक कार्यले गर्दा चाहिँ रसुवाले चित्त दुखाउछ ।

मैले कुरा टाढाको अनि अरुले जस्तै बनावटी कुरा गर्न लागेको होइन ।यहि नजिकैको धोबिखोला पैरो र त्यहा अबस्थित भ्रष्टहरुको दुहुनो गाई बनेको पुलको कुरा गर्न खोज्दैछु । आज भन्दा ठिक एक बर्ष अगाडि पनि त्यो पुल भत्केको थियो ।पुल मर्मतका लागि भन्दै प्रदेश साम्सद प्रभात लामाको पहलमा प्रदेशबाट पचास लाख बिनियिजन भएको थियो ।जसले जहाबाट बिनियोजन भएको भए पनि अध्यक्ष ज्युको आफन्तजन,पोल्टाको कार्यकर्ता र उहाको तजबिजभन्दा बाहिर जान त सक्ने नै भएन र गएन पनि ।

उहाकै नजिकको एकाघरकै एक सदस्यको नेतृत्वमा उपभोक्ता समिती बन्यो,कार्यलय त्यो चाहदैन्थ्यो जुन अध्यक्ष ज्यु गर्दै हुनुहुन्थ्यो ।
कम्युनिस्ट,त्यही माथी दुई तिहाइ सरकारको आशिर्बाद र एकलौटी स्थानीय सरकार ।पचास लाख प्रदेश सरकारको बजेट,आफ्नै हात जगन्नाथ,एकाघरको सदस्यको नेतृत्व मा रहेको समिती,डाडुपन्यु आफ्नो हातमा डुप्लिकेशन र कागजी कुरा आफ्नै तारतम्यमा स्थानीय सरकार किन बजेट हाल्न बाट बन्चित हुने अध्यक्ष ज्यु यथेष्ट बजेट बिनियोजन गर्नु भयो त्यही पुल मर्मतको लागि ।

प्रदेशको बजेट,पालिकाको बजेट चोख्खो बचाउनु थियो,र सिमेन्ट र तारजालीले भरिएका गाडीहरु धोबी खोलाको पुल तिर हुइकिन थाले ।प्रदेशको पैसा,पालिकाको पैसा,चिनबाट अनुदानमा पाएको निर्माण सामाग्रीले पनि अड्याउन सकेन पुललाइ बिल पास नहुँदै बगायो भ्रष्ट बिरोधी धोबी खोलाले ।प्रदेशको बिल पास भएको थिएन,प्राबिधिक र उपभोक्ता समितिको मारामार पर्यो ।बनाएको हामीले देखेनौ हामी कसरी भुक्तानी गर्न सक्छौ भन्ने अफिस,नगरी हुदैन कसरी भुक्तानी नहुने रहेछ हेरौ,हाम्रो पनि पहुच कति छ देखाइदिन्छौ भन्ने समिती ।अन्तत माथिको आदेशको नाममा भुक्तानी भयो ।अब बिचार गरौ,प्रदेशको बजेट,गाउपालिकाको बजेट जनता को लागि उपलब्ध गराइदिएको निर्माण सामाग्रीले पनि थेक्न नसकेको पुल कस्तो मर्मत भएछ भनेर हेर्न जानेको ताती लाग्यो ।शक्तिमा भएपछी त जे पनि गर्न मिल्ने रहेछ भन्दै जिब्रो टोक्दै फर्कदै गर्ने जनताले अन्याय,मनपरीतन्त्र सहन सकेन सुनिन्छ भ्रष्टाचारको नाममा एउटा निबेदन अख्तियारतिर पनि परेको छ रे ।

अहिले मुख छोपेर पढ्न पर्ने  हनुमानहरुको एउटा पोस्ट बकरेल्ती फेसबुक वालहरुमा हेर्न पाइएको छ,पहल र निर्माणको बिषयमा ।भुकम्पको बेलामा राज्य छिमेकी देशले भुकम्प पिडित रसुवाली जनताको लागि पठाइदिएको राहतमा र्याल चुहाउने,लुछाचुडी गर्ने र करोडौको हिनामिना गर्नेहरुले अहिले सिधा९सिधा जनतालाइ ढाटेर जस लिन खोज्ने बादरे प्रवृत्ति प्रदर्शन गर्नु आबश्यक नै थिएन ।

अरु बिकासे काम त रसुवाली जनताले राम्रोसङ्ग देखेको छ,पानीको धाराहरु सुक्दा पनि पहल नभएको,किसानका खेत सिचाइ नपाएर चिरा पर्दा मन नदुखेको,आफ्नो घर अगाडिका सडक चौडा पार्न बाहेक जनताको घरमा जाने सडकको बारे चु नबोलेको ।यी त खोज्नै पर्ने बिषय होइन खोजेर पनि पाउने कुरा होइन ।दाबेदार मित्रहरुसङ्ग बार्षिक चार करोडको दरले आउने साम्सद बिकास कोषको पैसाले ५ बर्षसम्म रसुवामा गरेको जनपक्षीय एउटा काम देखाउने हिम्मत छ रु छैन । त्यसैले चरीको खुट्टी देख्दैमा चाल पाइन्छ,हिजो गर्ने सम्पुर्ण अधिकार भएको बेलामा गरेको भए पो अहिले गर्ला भन्ने झिनो आशा भने पनि गर्नु ।घोडै चढ्न नजान्नेले घोडाको रेस जित्छु भन्नू इमान्दार रसुवाली जनतालाइ भ्रम छर्नु र गर्न खोज्ने रसुवाली जनताको सच्चा जनप्रतिनिधीलाइ जबर्जस्त झुठो साबित गर्न खोज्ने दुस्साहस बाहेक केही होइन ।जनताको सच्चा प्रतिनिधीले खेताला राखेर आफ्नो बारे प्रचार गर्न लगाउनै पर्दैन आफ्नो थुतुनो एनालाई देखाए सबै छर्लङ्ग भैहाल्छ नि ।

त्यसैले बन्नु पर्छ धोबी खोलाको पुल नबनिकन सुख्खै छैन ।भुक्ने कुकुरले टोक्दैन भन्ने कुरा त हामी सबैलाइ थाहा छ,जनताका समस्यासङ्ग परिचित,जनताका सच्चा नेता,जनताका प्रतिनिधि धोबी खोलाको समस्यासङ्ग परिचित छन,हल्ला गर्न भन्दा काम गर्न कम्मर कसेर लागिरहनु भएको छ,आशा मात्र होइन बिश्वास पनि छ सङ्घीय साम्सद माननीय मोहन आचार्य र प्रदेश साम्सद माननीय प्रभात लामा  ज्यु को पहलमा धोबी खोला पुल बन्नेछ ।कुकुर भुक्दै गर्छ,हात्ती लम्कदै गर्छ ।यहि नै बिश्वमा स्थापित मान्यता हो । (सन्दिप नेवि संघ रसुवाका कोषाध्यक्ष हुन् ।)