२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सलाई



अ+ अ-

झापा। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।

मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ लाई २–० को अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि जितेको हो । उपाधिसँगै ब्लेजर्सले रू १३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता झापा–११ ले रू सात लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भद्रपुर ब्लेजर्सका लागि कप्तान आशिष चापागाईँ र सत्यम शर्माले गोल गरे । खेलको ३०औँ मिनेटमा गोल गर्दै चापागाईँले ब्लेजर्सलाई १–० को अग्रता दिलाए । यसैगरी दोस्रो हाफको इन्जुरी समयमा खेल सकिनै लाग्दा शर्माले गोल गर्दै ब्लेजर्सलाई २–० को जित दिलाए । झापा–११ ले खेल अवधिभर पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउनुपर्यो । आजको खेलको प्लेयर अफ द म्याच ब्लेजर्सका विशाल दर्जी भए । उनले ट्रफीसहित नगद रू २१ हजार प्राप्त गरे ।

गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी भद्रपुर ब्लेजर्सका आशिष चापागाईँ भए । उनले रू एक लाख पाँच हजार नगदसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको उदीयमान खेलाडी ब्लेजर्सका राजेश शाह, उत्कृष्ट गोलकिपर ब्लेजर्सका टेकेन्द्र थापा, उच्च गोलकर्ता ब्लेजर्सका सत्यम शर्मा, उत्कृष्ट प्रशिक्षक ब्लेजर्सका सचिन्द्र धिमाल भए । उनीहरू सबैले ट्रफीसहित नगद रू २५ हजार प्राप्त गरे । रासस