१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार बढी संक्रमित थपिएका छन् । बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।

विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। 

आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म  ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।