९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया



अ+ अ-

सिन्धुली। तिलगङ्गा आँखा प्रतिष्ठान, गोलञ्जोर गाउँपालिका र स्थानीय सुनकोशी सामुदायिक अस्पतालद्वारा संयुक्त रूपमा आयोजित मोतियाबिन्दुको शल्यक्रियासम्बन्धी शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया गरिएको छ ।

सो गाउँपालिका–७ खुर्कोटमा आयोजित दुईदिने शिविरमा प्रतिष्ठानले शल्यक्रियाका लागि छनोट गरेका एक सय जनाको शल्यक्रिया गर्ने पालिकाका उपप्रमुख ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

शिविरमा शल्यक्रिया गरिएका सबै बिरामीलाई आवश्यक औषधि र चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ । त्यस अवसरमा उपप्रमुख न्यौपाने र सामुदायिक अस्पताल सञ्चालक समितिका अध्यक्ष केशव देवकोटाले जनतालाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको लक्ष्यअनुरूप शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको बताए। रासस




भर्खरै