९ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइक्रोसफ्टले स्काइप मे महिनादेखि बन्द गर्ने



अ+ अ-

एजेन्सी। भिडियो कन्फरेन्सिङका लागि विगतमा निकै लोकप्रिय स्काइप (Skype) सेवा आगामी मे देखि बन्द गरिने भएको छ ।

माइक्रोसफ्टको स्वामित्वमा रहेको स्काइपलाई उसले सन् २०११ मा साढे आठ अर्ब डलरमा भित्र्याएको गरेको थियो ।समाचार अनुसार, सन् २०२१ जुलाईदेखि नै स्काइपलाई बन्द गरेर माइक्रोसफ्ट-टिम्सलाई अगाडि बढाउने गरी काम थालिएको थियो ।

टिम्सलाई विन्डोज ११ मा चलाउन सकिन्छ जसका नि:शुल्क र शुल्क सहितको इन्टरप्राइज भर्सन उपलब्ध छ ।भिडियो कन्फरेन्सिङमा प्रयोग हुने स्काइपको बजार हिस्सा सन् २०२० मा ३२ दशमलब ४ प्रतिशत रहेकामा २०२१ मा घटेर ६ दशमलब ६ प्रतिशतमा पुगेको थियो ।

सन् २०२० मार्चमा स्काइपका दैनिक सक्रिय प्रयोगकर्ता झण्डै चार करोड थिए तर अहिले झण्डै ३ करोड ६० लाखमा ओर्लिएको छ।तर माइक्रोसफ्ट टिम्सका प्रयोक्ता नाटकीय रूपमा तिब्र रूपमा वृद्धि भएको छ । स्रोतका अनुसार, सन् २०१९ मा १ करोड ३० लाख प्रयोक्ता रहेकामा सन् २०२४ मा ३२ करोड पुगेको छ ।

जुम, ह्वाट्सआप, गुगल मिट जस्ता च्याट टुल्सबीच तिब्र प्रतिस्पर्धा जारी छ ।