२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दै, विजेता टोली सेमिफाइनल पुग्ने



अ+ अ-

एजेन्सी । आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को दशौं खेलमा आज अस्ट्रेलिया र अफगानिस्तान भिड्दैछन् । लाहोरको गद्दाफी क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोलीले दुई–दुई खेल खेलिसकेका छन् । अस्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । अफगानिस्तानले पनि एक खेल हारेको थियो भने अर्को जितेको थियो ।

च्याम्पियन्स ट्रफीको इतिहासमा भने अष्ट्रेलिया र अफगानिस्तान पहिलो पटक भिड्दैछन् । यी दुई टोलीले हालसम्म जम्मा ४ ओडिआई खेलेका छन् । जसमा अष्ट्रेलियाले सबै खेल जितेको छ । तर, अफगान टोलीलाई हल्का रूपमा लिन भने सकिँदैन । टोलीले आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिराएको थियो ।

आजको यो खेल जित्ने टोली समूह बी बाट सेमिफाइनलमा प्रवेश गर्नेछ । अफगानिस्तानको टोली हार्यो भने प्रतियोगिताबाट बाहिरिने छ भने काङ्गारु टोली हार्यो भने दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको खेलको नतिजामा भर पर्नेछ ।

अस्ट्रेलिया र अफगानिस्तान पछिल्लो पटक २०२३ को एकदिवसीय विश्वकपमा भिडेका थिए । यस खेलमा अफगानिस्तानले २९२ रनको लक्ष्यमा कंगारुको ९२ रनमा ७ विकेट गुमाएको थियो । त्यसपछि ग्लेन म्याक्सवेलको दोहोरो शतकको आधारमा टोलीले ४६.५ ओभरमा ३ विकेटले जित हात पारेको थियो । उक्त खेलमा अलराउन्डर म्याक्सवेलले १२८ बलमा २०१ रनको अविजित इनिङ खेलेका थिए ।

पिच रिपोर्ट

गद्दाफी रंगशालाको पिच ब्याटिङमैत्री भएकोले यहाँ उच्च स्कोरका खेलहरु खेलाइन्छ । स्टेडियममा हालसम्म ७१ ओडीआई खेलिएको छ । जसमा पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेको छ भने बलिङ गर्ने टोलीले ३३ खेल जितेको छ । योसँगै एक खेलको नतिजा आउन सकेन । यहाँ उच्चतम स्कोर ३७५/३ हो, जुन पाकिस्तानले २०१५ मा जिम्बाब्वे विरुद्ध बनाएको थियो । गद्दाफी स्टेडियममा सर्वाधिक रनको चेज ३५६/५ हो, जुन यसै प्रतियोगितामा अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्ध गरेको थियो ।

दुबै टोलीको सम्भावित प्लेइङ:११

अष्ट्रेलियाः स्टिभ स्मिथ (कप्तान), म्याथ्यु सर्ट, ट्राभिस हेड, मार्नस लाबुसचेन, एलेक्स केरी, जोश इङ्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, बेन द्वारसा, नाथन एलिस, स्पेन्सर जोन्सन र एडम जाम्पा।

अफगानिस्तानः हस्मातुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रहमानउल्लाह गुरबाज, सेदिकुल्लाह अटल, रहमत शाह, अजमातुल्लाह ओमरजाई, मोहम्मद नाबी, गुलबादिन नाइब, राशिद खान, नूर अहमद र फजल हक फारुकी।