२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि नेमकिपाको आठौँ महाधिवेशन



फाइल फाेटाे
अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशन यही फागनु १९ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ ।

नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईँले नेमकिपाको आठौं महाधिवेशनले देश तथा विदेशका विभिन्न विषयमा कन्द्रित भएर बृहत् छलफल गर्दै विभिन्न एजेण्डा पारित गर्ने बताउनुभयो । उहाँले महाधिवेशनका लागि काठमाडौँ, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथलीलगायत ठाउँमा बाजागाजा, झाँकी, विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै दिउँंसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटनसत्रमा परिणत हुने उहाँले बताउनुभयो ।

अध्यक्ष नारायणमान विजुक्छेँ रोहितको नेतृत्वमा विसं २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको जानकारी दिँदै उहाँले पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको बताउनुभयो ।

पार्टीको सातौं महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौँ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । जसमा २३ केन्द्रीय र दुई जना वैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । यस वर्ष महाधिवेशनले बिजुक्छेँलाई नै अर्को कार्यकालका लागि चुन्ने हो वा नयाँ नेतृत्व आउने हो भन्ने चासो सर्वत्र छ ।