जब साना नानीले उत्तेजक गानामा, स्तन र कमर हलाएको नृत्य गर्छन् मन भरङ हुन्छ, उनीहरुको बालापन हाम्रो समाजले हरेको देखेर ! जब साना सानानानी को अनुहार मा लिपिस्टिक पाउड्र लगाएर खुशी भएको देखिन्छ, मेरो मन कक्ट्टक काटिण्छ, सानो उमेरमा नै उनी सजबाटको बस्तु बन्न सुरु गरिन भनेर । सौन्दर्य प्रशाधन दबलबगलभ कम्पनीले कुन देशमा महिलालाई आफ्नो ‘कम्पनी’ को मालसामान किन्न लगाउँदा फाइदा हुन्छ भनेर हेरिरहेका हुन्छन् । व्यापारीको धर्मै त्यही हो । अनैतिक हुने भएन । तर, मैले समस्याचाहिँ तब देख्छु जब यस्ता सौन्दर्य प्रशाधन कम्पनीले मानवीय मूल्य, मानवीय सौन्दर्य चेतना आदि सबै महिलाको आँखा, नाक, दाँत, वक्ष र कम्मरमा हुन्छ भन्ने भावना जागृत गराइदिन्छन् । अनि बुद्धिजीवी भन्ने मजस्ता पनि त्यसको फन्दामा पर्छौं । सौन्दर्य प्रतियोगिता हुँदा कुनै देशका गाउँघरका, काम गरेर पसिना निकाल्ने, युवती, हातमा ठेला परेका युवती, भारी बोकेर उकाली ओराली गर्ने युवती मञ्चमा उभिँदैनन् । उनीहरूसँग न पैसा हुन्छ न ‘अनुहार’ र ‘शरीर’ देखाउने ‘सौन्दर्य ।
पहिले पहिले पढिन्थ्यो, ‘संसारमा सबभन्दा बढी सुन्दरी उत्पादन गर्ने देश हो भेनेजुएला ।’ संसारमा सबभन्दा बढी तेल भण्डारण भएको भेनेजुएलामा युवतीहरूलाई सानैदेखि सुन्दरी हुन प्रेरित गरिन्थ्यो । पर्याप्त मात्रामा पैसा भएकाले सायद त्यहाँको समाज र परिवारले आफ्ना छोरीहरूलाई सौन्दर्य प्रशाधन दिन समस्या भोग्नुपर्दैनथ्यो । र, युवतीहरूको सपना नै सुन्दर बनेर ‘विश्व सुन्दरी’ को ताज पहिरने हुन्थ्यो । तर, यसका लागि त्यहाँका युवतीहरूले कस्तो बलिदान गर्नुपथ्र्यो भन्ने विचार ‘सौन्दर्य’ हेर्ने मानिसले थाहा पाउन सक्दैन । त्यहाँ १२ वर्षे बालिकाको नाक, पुठ्ठाको शल्यक्रिया गरेर सौन्दर्य बढाउन मातापिता सहजै स्विकार्थे । १६ वर्षमा वक्षस्थलको शल्यक्रिया गरेर ठूलो देखाइने चलन पनि रहेछ ।
दाँतलाई मिलाउने त सहज कामै हो । तर, मातापिताले ९ वर्षीया बालिकालाई ‘हर्मोन’ सुई दिएर ठूलो बनाउने काम गरिन्थ्यो भन्ने पढेपछि चाहिँ लाग्यो–सौन्दर्यका लागि अलि बढी नै ‘बलिदान’ दिनुपर्ने रहेछ । ९ वर्षमा त्यस्तो हर्मोन दिएपछि ती बालिकाको शरीरमा कस्तो प्रभाव पर्ला भनेर त्यहाँको समाजले किन नसोचेको ? ‘सुन्दरता’ भएपछि ‘स्वास्थ्य’ बारे के वास्ता भनिएको होला सायद । ‘सुन्दरी प्रतियोगिता’ मा बुद्धिको प्रतिस्पर्धा हुँदैन । शल्यक्रिया, क्रिम, मेकअप, लुगा आदिले निर्णय गरिन्छ । सौन्दर्य प्रशाधन कम्पनीलाई कुन देशमा आफ्नो व्यापार फैलाउनु छ, त्यहाँका महिलालाई ‘सौन्दर्यप्रति जागरुक गराएर त्यहींका महिलालाई ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ बनाइन्छ । भारत, चीन, थाइल्यान्डमा पनि कम्पनीहरूले ‘विश्व सुन्दरी’ र ‘ब्रह्माण्ड सुन्दरी’ बनाइदिए । अब ती ठाउँका महिलाले धेरै प्रशाधन प्रयोग गर्छन् ।
चीन, भारत आदि देशमा सुन्दरताको भाषा बदलिएर ‘मानसिक अवस्था’ मै फरक आएको छ । गोरो भएन भने जीवनमा सफलता पाइँदैन, प्रेम पाइँदैन भन्ने भावनाले विचरी बालिकारकिशोरीरयुवती सधैं ग्रसित । हरतरिकाले गोरो बन्न चाहन्छन् । चाहे त्यसले स्वास्थ्यमा जतिसुकै हानि गरोस् । भारतमा पहिलेपहिले मिस इन्डियालाई ‘तपाईं के गर्न चाहनुहुन्छ’ भनेर प्रश्न गर्दा ‘समाज सेवा’ भन्थे । ‘मदर टेरेसा’ मन पर्छ भन्थे । तर, पछि कुनै पनि भारतीय ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ ले ‘समाज सेवा’ गर्छु भनेको वाचा सम्झेनन् । छोरीलाई सुन्दर बनाउने रहर नगरेर स्वस्थ्य बनाउने रहर गरे के होला ? (अरुणा उप्रेतीको फेसबुकबाट)