४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

जब साना नानीले उत्तेजक गानामा, स्तन र कमर हलाएको नृत्य गर्छन् मन भरङ हुन्छ: अरुणा उप्रेती

जब साना नानीले उत्तेजक गानामा, स्तन र कमर हलाएको नृत्य गर्छन् मन भरङ हुन्छ: अरुणा उप्रेती
अ+ अ-

जब साना नानीले उत्तेजक गानामा, स्तन र कमर हलाएको नृत्य गर्छन् मन भरङ हुन्छ, उनीहरुको बालापन हाम्रो समाजले हरेको देखेर ! जब साना सानानानी को अनुहार मा लिपिस्टिक पाउड्र लगाएर खुशी भएको देखिन्छ, मेरो मन कक्ट्टक काटिण्छ, सानो उमेरमा नै उनी सजबाटको बस्तु बन्न सुरु गरिन भनेर । सौन्दर्य प्रशाधन दबलबगलभ कम्पनीले कुन देशमा महिलालाई आफ्नो ‘कम्पनी’ को मालसामान किन्न लगाउँदा फाइदा हुन्छ भनेर हेरिरहेका हुन्छन् । व्यापारीको धर्मै त्यही हो । अनैतिक हुने भएन । तर, मैले समस्याचाहिँ तब देख्छु जब यस्ता सौन्दर्य प्रशाधन कम्पनीले मानवीय मूल्य, मानवीय सौन्दर्य चेतना आदि सबै महिलाको आँखा, नाक, दाँत, वक्ष र कम्मरमा हुन्छ भन्ने भावना जागृत गराइदिन्छन् । अनि बुद्धिजीवी भन्ने मजस्ता पनि त्यसको फन्दामा पर्छौं । सौन्दर्य प्रतियोगिता हुँदा कुनै देशका गाउँघरका, काम गरेर पसिना निकाल्ने, युवती, हातमा ठेला परेका युवती, भारी बोकेर उकाली ओराली गर्ने युवती मञ्चमा उभिँदैनन् । उनीहरूसँग न पैसा हुन्छ न ‘अनुहार’ र ‘शरीर’ देखाउने ‘सौन्दर्य ।

पहिले पहिले पढिन्थ्यो, ‘संसारमा सबभन्दा बढी सुन्दरी उत्पादन गर्ने देश हो भेनेजुएला ।’  संसारमा सबभन्दा बढी तेल भण्डारण भएको भेनेजुएलामा युवतीहरूलाई सानैदेखि सुन्दरी हुन प्रेरित गरिन्थ्यो । पर्याप्त मात्रामा पैसा भएकाले सायद त्यहाँको समाज र परिवारले आफ्ना छोरीहरूलाई सौन्दर्य प्रशाधन दिन समस्या भोग्नुपर्दैनथ्यो । र, युवतीहरूको सपना नै सुन्दर बनेर ‘विश्व सुन्दरी’ को ताज पहिरने हुन्थ्यो । तर, यसका लागि त्यहाँका युवतीहरूले कस्तो बलिदान गर्नुपथ्र्यो भन्ने विचार ‘सौन्दर्य’ हेर्ने मानिसले थाहा पाउन सक्दैन । त्यहाँ १२ वर्षे बालिकाको नाक, पुठ्ठाको शल्यक्रिया गरेर सौन्दर्य बढाउन मातापिता सहजै स्विकार्थे । १६ वर्षमा वक्षस्थलको शल्यक्रिया गरेर ठूलो देखाइने चलन पनि रहेछ ।

दाँतलाई मिलाउने त सहज कामै हो । तर, मातापिताले ९ वर्षीया बालिकालाई ‘हर्मोन’ सुई दिएर ठूलो बनाउने काम गरिन्थ्यो भन्ने पढेपछि चाहिँ लाग्यो–सौन्दर्यका लागि अलि बढी नै ‘बलिदान’ दिनुपर्ने रहेछ । ९ वर्षमा त्यस्तो हर्मोन दिएपछि ती बालिकाको शरीरमा कस्तो प्रभाव पर्ला भनेर त्यहाँको समाजले किन नसोचेको ? ‘सुन्दरता’ भएपछि ‘स्वास्थ्य’ बारे के वास्ता भनिएको होला सायद । ‘सुन्दरी प्रतियोगिता’ मा बुद्धिको प्रतिस्पर्धा हुँदैन । शल्यक्रिया, क्रिम, मेकअप, लुगा आदिले निर्णय गरिन्छ । सौन्दर्य प्रशाधन कम्पनीलाई कुन देशमा आफ्नो व्यापार फैलाउनु छ, त्यहाँका महिलालाई ‘सौन्दर्यप्रति जागरुक गराएर त्यहींका महिलालाई ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ बनाइन्छ । भारत, चीन, थाइल्यान्डमा पनि कम्पनीहरूले ‘विश्व सुन्दरी’ र ‘ब्रह्माण्ड सुन्दरी’ बनाइदिए । अब ती ठाउँका महिलाले धेरै प्रशाधन प्रयोग गर्छन् ।

चीन, भारत आदि देशमा सुन्दरताको भाषा बदलिएर ‘मानसिक अवस्था’ मै फरक आएको छ । गोरो भएन भने जीवनमा सफलता पाइँदैन, प्रेम पाइँदैन भन्ने भावनाले विचरी बालिकारकिशोरीरयुवती सधैं ग्रसित । हरतरिकाले गोरो बन्न चाहन्छन् । चाहे त्यसले स्वास्थ्यमा जतिसुकै हानि गरोस् । भारतमा पहिलेपहिले मिस इन्डियालाई ‘तपाईं के गर्न चाहनुहुन्छ’ भनेर प्रश्न गर्दा ‘समाज सेवा’ भन्थे । ‘मदर टेरेसा’ मन पर्छ भन्थे । तर, पछि कुनै पनि भारतीय ‘विश्व सुन्दरी’, ‘ब्रह्माण्ड सुन्दरी’ ले ‘समाज सेवा’ गर्छु भनेको वाचा सम्झेनन् । छोरीलाई सुन्दर बनाउने रहर नगरेर स्वस्थ्य बनाउने रहर गरे के होला ? (अरुणा उप्रेतीको फेसबुकबाट)