१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित



अ+ अ-

काठमाडौँ: सगरमाथा चढ्नु भनेको शिखरमा पुग्नु हो । साधारण बुझाईमा सगरमाथा चढ्नु भनेको नेपालमा रहेको र यस पृथ्वीको सबैभन्दा अग्लो चुचुरोमा पुग्नु भन्ने अर्थ त हो नै, यसको अर्कोे बिम्ब कुनै पनि काममा सफल हुनु पनि हो । त्यसैले मानिसहरु आआफ्ना, पेशा, व्यवसाय, जागिर या अध्ययन जे सुकैमा पनि सगरमाथा चढ्न चाहन्छन् । त्यसको अर्थ सफल हुनु हो, अर्थात आफ्ना कामका सगरमाथा चढ्नु हो ।

त्यस्तै सफलताको कथा सुनाए अधिवक्त सुधिज्ञ पन्तले । उनी हिमाल आरोही होइनन्, नत पर्यटन व्यवसायी नै । तर, उनी यसअघि केही हिमाल चुचुरा चढे र हालैमात्र विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा नै चढे । उनी कुनै बिम्बात्मक नभएर हिमालकै सगरमाथा चढेका हुन् र, एक अधिवक्ताले विश्वको सबैभन्दा अग्लो हिमाल चढेको सन्देश दिएका हुन् ।

सायद, किन सगरमाथा चढेको भन्ने प्रश्न त उनले आगामी कैयौँ बर्ष सामना गर्नु नै पर्छ होला किनभने उनको पेशा या जागिर कसैका लागि पनि सगरमाथा चढ्नुपर्ने आवश्यकताको माग हुँदैन । तर, यदि कसैको चाहना बढ्छ र त्यो चाहना पूरा गर्न इच्छाशक्तिले पछ्याउँछ भने त्यो पूरा हुन असम्भव छैन । यसैलाई पुष्टि गर्दै उनले सगरमाथा चढेको अनुभव सुनाए र गारो सारो पनि सेयर गरे ।

उनले किन चढे सगरमाथा ? सगरमाथा चढ्दा के कस्तो गाह्रो सारो भयो ? आफूजस्तै अन्य आरोहीका लागि के कस्ता सुझाव छन् ? भोलिका दिनमा सगरमाथा आरोहणको सहजताका लागि सुझाव के छन् ? सगरमाथा हिजोका दिनमा भन्दा आज विश्वको थप आकर्षण कसरी भइरहेको छ ? जीवनमा सगरमाथा चढ्दाको सान र मान के छ ? यो आरोहणलाई विश्वका देशहरुमा के कसरी लिइन्छ ? जलवायु परिवर्तनको असर हिमालमा कस्तो परिरहेको छ ? आदि यस्ता कैयौँ जिज्ञासा, जवाफ र सुझावहरुलाई आफ्नो अनुभवमा सम्हालेर अधिवक्ता पन्तले यसरी सुनाए आफ्नो सगरमाथा आरोहण अनुभव ।




भर्खरै