१२ श्रावण २०८३, मंगलवार
,
Latest
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले यस्तो बताउनुभएको हो ।

उहाँले संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको ४५ दिने अभियान सञ्चालन गर्न लागिएको बताउनु भयो । पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रुपमा दल दर्ताको पाइसकिएकाले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउन चैत १ गतेदेखि वैशाख १५ गतेसम्म संगठन बिस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने निर्णय गरिएको छ । यस अभियान अन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पु¥याइनेछ ।’

अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता भइरहेको बताउनु भयो । उहाँले विश्व राजनीतिमा भइरहेको परिवर्तनले नेपालमा पनि बहुआयामिक दबाब सिर्जना गरेको दाबी गर्नुभयो ।