१ बैशाख २०८२, आईतवार
April 13, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.99

Wind: 1.54

Humidity: 82

Latest
यू–१९ विश्वकप एसिया छनोटः नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै हैदराबादले पछ्यायो आईपीएलको दोस्रो ठूलो लक्ष्य, अभिषेक बने सर्वाधिक रन बनाउने भारतीय ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो आर्सनल, सिटीको सानदार जित वर्षान्त २०८१ : गतिमा ऊर्जा क्षेत्र वर्षान्त २०८१ : होटलमा लगानी ओइरिएको वर्ष नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध सडक रातिदेखि सञ्चालनमा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर पूर्वराजालाई संसदीय समितिमा बोलाउन संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यकः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिनुभएको छ ।

आजदेखि ललितपुरमा आयोजित नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९औँ अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले पाठ्यक्रम विकास, शिक्षक तालिम र समयसापेक्ष नीति निर्माण गरी शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक पर्ने बताउनुभयो ।

विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन आएको भन्दै उपप्रधानमन्त्री सिंहले मुलुकभित्रै गुणस्तरीय शिक्षा लिनसक्ने अवस्था बन्दै जानु सुखद पक्ष रहेको उल्लेख गर्नुभयो । शैक्षिक नीति सुधारमा अङ्ग्रेजी भाषासम्बन्धी नीति निर्माण गरी सकारात्मक परिवर्तनका क्षेत्रमा योगदान गर्न पनि उहाँले सङ्घलाई आग्रह गर्नुभयो ।

“नयाँ शैक्षिक नीतिको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरबीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास जरुरी छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग सहकार्य गर्दै काम गर्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

सन् १९९२ मा स्थापना भएदेखि नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन सङ्घले निर्वाह गरेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न आग्रह पनि गर्नुभयो । ललितपुरमा आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।