२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः बाहिरिएका दुई टोलि पाकिस्तान र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को नवौं खेल आज पाकिस्तान र बंगलादेशबीच हुँदैछ ।

खेल रावलपिण्डी क्रिकेट रंगशालामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । यो दुबैको अन्तिम समूह खेल हो ।

पाकिस्तान र बंगलादेश दुबै टोलि पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा पाकिस्तान न्युजिल्यान्डसँग तथा दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

त्यसैगरी बंगलादेशले पहिलो खेलमा भारत र दोस्रो खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको थियो ।

दुवै टोली च्याम्पियन्स ट्रफीको इतिहासमा पहिलो पटक आमनेसामने हुँदैछन् । एकदिवसीयमा दुईबीच ३९ पटक भिडन्त भएको छ । जसमध्ये ३४ खेल पाकिस्तान र ५ खेल बंगलादेशले जितेको छ ।

यी दुई पछिल्लो पटक २०२३ को एकदिवसीय विश्वकपमा आमनेसामने भएका थिए । जसमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो ।