२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः जाद्रानको कीर्तिमानी शतकमा अफगानिस्तानले इङ्ल्यान्डलाई घर पठायो



अ+ अ-

काठमाडौँ । इब्राहिम जाद्रानको शतक र अजमातुल्लाह ओमरजाईको घातक बलिङको मद्दतले अफगानिस्तानले इङ्ल्यान्डलाई च्याम्पियन्स ट्रफीबाट बाहिरिने बाटो देखाएको छ ।

लाहोरको गद्दाफी स्टेडियममा बुधबार भएको खेलमा टस जितेर पहिले ब्याटिङमा आएको रासिद खानको कप्तानीमा रहेको टोलीले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३२५ रन बनाएको थियो ।

जवाफमा इङ्ल्यान्डको टोली ४९.५ ओभरमा ३१७ रन मात्रै बनाउन सक्यो र अलआउट भयो । यससँगै अफगानिस्तानले जारी प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

यो प्रतियोगितामा जोस बटलरको टोलीको यात्रा समाप्त भयो । इङ्ल्यान्ड यसअघि अस्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । अब टोलीले आफ्नो अर्को खेल दक्षिण अफ्रिकासँग खेल्नुपर्नेछ । यो खेल शनिबार (१ मार्च)मा कराँचीमा हुनेछ ।

अफगानिस्तानले यो जितसँगै प्रतियोगितामा आफ्नो आशा जीवित राखेको छ । समूह ‘बी’ मा उसको २ अंक र नेट रन रेट (०.९९) सहित तेस्रो स्थानमा पुगेको छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अब अफगानिस्तानले आफ्नो तेस्रो खेल शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ ।

खेलमा के भयो ?
लक्ष्य पछ्याउँदै इङ्ल्यान्डले अन्तिमसम्म प्रयास गरे पनि अफगान बलरको हातबाट पराजित भयो ।

अजमातुल्लाह उमरजाईले इङ्ल्यान्डका ब्याट्सम्यानलाई ध्वस्त पारे । उनले फिल साल्टलाई १२ रनमा प्याभिलियन पठाए । यसपछि मोहम्मद नाबीले जेमी स्मिथलाई आफ्नो शिकार बनाए ।

उनले विकेटकिपर ब्याट्सम्यानलाई उमरजाईबाट क्याच आउट गराए । उनी ९ रन मात्र बनाएर फर्किए । राशिद खानले टोलीलाई तेस्रो झट्का दिए । उनले बेन डकेट (३८) लाई एलबीडब्ल्यू आउट गराए ।

इङ्ल्यान्डका लागि जो रुटले शतक प्रहार गरे । उनले १११ बलमा १२० रन बनाए । यस अवधिमा उनको ब्याटबाट ११ चौका र एक छक्का आयो । उनका अलावा ह्यारी ब्रुकले २५, जोस बटलरले ३८, लियाम लिभिङस्टोनले १०, जेमी ओभरटनले ३२, जोफ्रा आर्चरले १४, आदिल रसिदले पाँच र मार्क वुडले दुई रन बनाए ।

अफगानिस्तानका लागि उमरजाई बाहेक मोहम्मद नाबीले २ विकेट लिए भने फजलहक फारुकी, राशिद खान र गुलबदिन नाइबले एक–एक विकेट लिए ।

यसअघि इब्राहिम जाद्रानको १७७ रनको इनिङ्सको मद्दतमा अफगानिस्तानले इंग्ल्याण्डलाई ३२६ रनको लक्ष्य दिएको थियो । यस खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपनि सुरुवात राम्रो हुन सकेन ।

इङ्ल्यान्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले अफगानिस्तानलाई सुरुमै तीन झट्का दिए । तर, जाद्रान र शाहिदीले पारीको जिम्मा लिए र ऐतिहासिक इनिङ खेलेपछि अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाउन सफल भयो ।

प्रारम्भिक असफलतापछि जाद्रानले कप्तान हशमतुल्लाह शाहिदीसँग चौथो विकेटका लागि १०३ रनको साझेदारी गरे । साहिदी आउट भएपछि पनि जाद्रानले आफ्नो इनिङलाई निरन्तरता दिँदै शतक बनाए । यसपछि पनि उनले रनको गति सुस्त हुन दिएनन् ।

जाद्रानले आफ्नो १४६ बलको इनिङ्समा १२ चौका र ६ छक्का प्रहार गरे र च्याम्पियन्स ट्रफीको इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर बनाउन सफल भए ।

अफगानिस्तानका लागि जाद्रानका अलावा अजमातुल्लाह ओमरजाईले ४१ रन, शाहिदीले ४० रन र मोहम्मद नाबीले २४ बलमा ४० रन बनाए । रहमानउल्लाह गुरबाज ६ रन बनाएर आउट भए भने सेदिकुल्लाह अटल ४ रन बनाएर र रहमत शाह ४ रन बनाएर आउट भए ।

इङ्ल्यान्डका आर्चरले तीन विकेट लिए भने लियाम लिभिङस्टोनले दुई तथा जेमी ओभरटन र आदिल रसिदले एक–एक विकेट लिए ।