४ पुष २०८२, शुक्रबार
,
Latest
कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन इयुको ९० अर्ब युरो सहयोग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर झापा गोल्डकप : झापा-११ फाइनलमा प्रवेश



अ+ अ-

झापा। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा-११ फाइनलमा प्रवेश गरेको छ।

मेची रंगशालामा आज (बधबार) भएको खेलमा झापा-११ ले डागा युनाइटेडमाथि ३-१ को जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको आजको खेलको ५५औँ मिनटमा झापा–११ का एरोन थापाले फ्रि किममार्फत गोल गरे। खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसायलीले बराबरी गोल फर्काए। निर्धारित ९० मिनेटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए।

पाँच मिनट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो। झापा–११ का लागि रोहन कार्की र हरिबहादुर आलेमगरले इञ्जुरी समयमा गोल गरे। आजको खेलको प्लेयर अफ द म्याच झापा–११ का एरोन थापा भए। उनले २१ हजार नगद र ट्रफी प्राप्त गरे।

यही फागुन १६ गते शुक्रबार झापा–११ ले आयोजक भद्रपुर ब्लेजर्ससँग उपाधिका लागि खेल्नेछ। आयोजक ब्लेजर्सले बंगलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो। प्रतियोगिताको विजेता टोलीले नगद रू १३ लाख तथा उपविजेता टोलीले नगद सात लाख प्राप्त गर्नेछन्। रासस