२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालेश्वर मन्दिरमा शिवरात्रिको भक्तिमय माहोल र सांस्कृतिक उत्सव



अ+ अ-

काठमाडौंं । चन्द्रागिरी भालेश्वर मन्दिरमा भक्तिमय माहोल र सांस्कृतिक उत्सवका साथ महाशिवरात्रिको विशेष रूपमा मनाईएको छ ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण यस मन्दिरमा दर्शन, पूजापाठ र आराधना सहित महाशिवरात्रि पर्व मनाईको छ ।

चन्द्रागिरी भालेश्वर मन्दिर धार्मिक तथा ऐतिहासिक रूपमा महत्त्वपूर्ण स्थल हो। मान्यता अनुसार, भगवान शिवले यहाँ बास गरेको र भक्तजनहरूले मनोकामना पूरा हुने विश्वाससहित पूजापाठ गर्ने परम्परा छ। यो मन्दिर राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्नुअघि दर्शन गरेर आशीर्वाद लिएको स्थलका रूपमा पनि चिनिन्छ।

शिवरात्रिको अवसरमा चन्द्रागिरी हिल्स लिमिटेडले मन्दिरमा विशेष पूजा, हवन, र भजन-कीर्तन र आरती सहित महाशिवरात्रि पर्ब मनाईएको हिल्समा झलक पौडेलले जानकारी दिनुभयो ।

चन्द्रागिरी हिल्स लिमिटेडले  शिवरात्रिलाई लक्षित गरी केबलकारको शुल्क घटाएका कारण भक्तजनहरूलाई सहज रूपमा मन्दिरसम्म पुर्‍याउने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । मन्दिरमा मुलगुरु बिदुर न्यौपानेले बिहानैदेखि साँझसम्म बिशेष पूजा गरिएको  जानकारी दिनुभयो ।

महाशिवरात्रि जाग्राम बस्ने, महादेवको महिमा गाउने, आरती गर्ने परम्परा अनुसार यहाँका भक्तजनहरूले रातभर जाग्राम बसेर शिवको आराधना गर्छन्। मन्दिर परिसर दीपमालिकाले झलमल बनाइन्छ, जसले भक्तजनहरूलाई आध्यात्मिक उर्जा प्रदान गर्ने बिश्वास रहेको छ ।