१ भाद्र २०८३, सोमबार
,
Latest
चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालेश्वर मन्दिरमा शिवरात्रिको भक्तिमय माहोल र सांस्कृतिक उत्सव



अ+ अ-

काठमाडौंं । चन्द्रागिरी भालेश्वर मन्दिरमा भक्तिमय माहोल र सांस्कृतिक उत्सवका साथ महाशिवरात्रिको विशेष रूपमा मनाईएको छ ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण यस मन्दिरमा दर्शन, पूजापाठ र आराधना सहित महाशिवरात्रि पर्व मनाईको छ ।

चन्द्रागिरी भालेश्वर मन्दिर धार्मिक तथा ऐतिहासिक रूपमा महत्त्वपूर्ण स्थल हो। मान्यता अनुसार, भगवान शिवले यहाँ बास गरेको र भक्तजनहरूले मनोकामना पूरा हुने विश्वाससहित पूजापाठ गर्ने परम्परा छ। यो मन्दिर राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्नुअघि दर्शन गरेर आशीर्वाद लिएको स्थलका रूपमा पनि चिनिन्छ।

शिवरात्रिको अवसरमा चन्द्रागिरी हिल्स लिमिटेडले मन्दिरमा विशेष पूजा, हवन, र भजन-कीर्तन र आरती सहित महाशिवरात्रि पर्ब मनाईएको हिल्समा झलक पौडेलले जानकारी दिनुभयो ।

चन्द्रागिरी हिल्स लिमिटेडले  शिवरात्रिलाई लक्षित गरी केबलकारको शुल्क घटाएका कारण भक्तजनहरूलाई सहज रूपमा मन्दिरसम्म पुर्‍याउने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । मन्दिरमा मुलगुरु बिदुर न्यौपानेले बिहानैदेखि साँझसम्म बिशेष पूजा गरिएको  जानकारी दिनुभयो ।

महाशिवरात्रि जाग्राम बस्ने, महादेवको महिमा गाउने, आरती गर्ने परम्परा अनुसार यहाँका भक्तजनहरूले रातभर जाग्राम बसेर शिवको आराधना गर्छन्। मन्दिर परिसर दीपमालिकाले झलमल बनाइन्छ, जसले भक्तजनहरूलाई आध्यात्मिक उर्जा प्रदान गर्ने बिश्वास रहेको छ ।