९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा महाशिवरात्रिको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले आफ्नो शुभकामना सन्देशमा महाशिवरात्रि पर्वले सामाजिक सहिष्णुताको भावना वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘महाशिवरात्रि नेपाललगायत विश्वभरिका हिन्दू धर्मावलम्बीहरुले धुमधामसँग भगवान शिवको आराधना गरी मनाउने गरिन्छ । यो पर्वले हामी सबैमा आत्मीय अनुशासन, आपसी सद्भाव, सामाजिक सहिष्णुताको भावना अभिवृद्धि गर्ने छ भन्ने मैले विश्वास लिएको छु । महाशिवरात्रि पर्व मनाउने सम्पूर्ण धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना ।’