२० माघ २०८१, आईतवार
,
Latest
मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको ब्यारेकमै कोरोना कहर



अ+ अ-

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको मध्य चरणमा नेपाल पुगेको छ । राजधानी काठमाडौंमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश गरेको छ भने प्रदेश नम्वर २ को आर्थिक राजधानी वीरगन्जमा भने कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरेको छ । प्रदेश नम्बर २ मा अहिले कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने मृत्युको संख्या पनि अन्य प्रदेशको तुलनामा एक तिहाइ प्रदेश नम्वर २ मा नै रहेको छ । यो प्रदेशमा कोरोना संक्रमण परीक्षण गरेकामध्ये ६० प्रतिशतको नतिजा पोजेटिभ देखिएको छ । अहिले सरकारले प्रदेश नम्बर २ बढी प्रभावित भएपछि जनकपुर, वीरगन्ज र रौतहटमा विशेषज्ञ चिकित्सको टोली परिचालन गरेको छ भने समुदायमा फैलिएको संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले एकआपासमा भेटघाट र भेला जम्मा हुन समेत प्रतिबन्ध लगाएको छ ।

राजधानी काठमाडौंमा निषेधाज्ञा लगाए पनि त्यसको परिपालना हुन नसक्दा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । सरकारी आदेश अवज्ञा गर्नेलाई कारबाही गर्ने कानुन नभएका कारण सोचेजस्तो सफलता हात लाग्न नसकेको सुरक्षा अधिकारीहरुले बताएका छन् । काठमाडौंमा कोरोना संक्रमितको संख्या बढेसँगै अत्यावश्यक सेवाबाहेक अन्य सवारी चल्न नदिने निर्णय स्थानीय प्रशासनले गरेको छ तर त्यसको परिपालना भने भएको देखिँदैन । अत्यावश्यक सेवाका नाममा सवारीसाधन चलेका छन् भने सडकमा मानिसको उपस्थिति र आउजाउ पनि बाक्लै देखिन्छ । सरकारी आदेश अवज्ञा गर्नेमाथि कारबाहीलाई तीव्र बनाएको दाबी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकाल गर्नुहुन्छ । उहाँ सरकारी आदेश उल्लंघन गर्ने १ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गर्ने गरेको बताउछन् । यस्तो संक्रमणको बेला हेलचेक्र्याइँ गर्ने बेला होइन तर मानिसले बुझेर पनि नबुझेको जस्तो गर्दा समस्या उत्पन्न भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कठायत बताउछन्।

सेनाको ब्यारेकमा फैलियो कोरोना
कोरोना संक्रमणको मुख्य व्यवस्थापनको जिम्मेवारी लिएको नेपाली सेनाको २ वटा ब्यारेकमा कोरोना संक्रमण फैलिएको छ । नेपाली सेनाको लमजुङमा रहेको कृषि तथा पशुपालन व्यावसायिक स्वावलम्वन तालिम केन्द्रभित्र कोरोना संक्रमण फैलिएको छ । त्यहाँ कसरी कोरोना संक्रमण फैलियो भनेर खोजी गरिरहेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए । त्यसै गरी बाँकेको कौशिलानगरमा रहेको मध्यपश्चिम पृतना तालिम केन्द्रमा पनि कोरोना संक्रमण फैलिएर ५१ जना सैनिक संक्रमित भएका छन् । सो तालिम केन्द्रमा बढुवाका लागि सञ्चालित तालिममा सहभागीमध्येबाट कोरोना संक्रमण फैलिएपछि अहिले तालिम स्थगित गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्युठानबाट तालिममा सहभागी हुन आएका एक सैन्यबाट उक्त कोरोना संक्तमण फैलिएको प्रवक्ता पौडेलले जानकारी दिए । अहिले दुवै ब्यारेकमा आइसोलेसन बनाएर उनीहरुको निगरानी नेपाली सेनाका चिकित्सकहरुले गरिरहेका छन् । अहिलेसम्म नेपाली सेनाका ४ सय ४८ जना संक्रमित भएका छन् । संक्रतिममध्ये १ सय १८ जना निको भएर ब्यारेक फर्किएका छन् भने ३ सय ३१ जनाको विभिन्न क्षेत्रमा रहेको आइसोलेसन सेन्टरमा बसेर चिकित्सकको निगरानीमा उपचारत रहेको प्रवक्ता पौडेलले जानकारी दिए। त्यस्तै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकदेखि जवानसम्म गरेर ७ सय ७३ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएर काममा फर्किएको र १ सय २५ जना भने बिभिन्न आइसोलेसन सेन्टरमा उपचारका क्रममा रहेको प्रहरी प्रवक्ता कठायतले जानकारी दिए ।

यता सशस्त्र प्रहरी बलका ५ सय १५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २ सय १७ जना संक्रमणमुक्त भएर पूर्ववत् काममा फर्किएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले जानकारी दिए । २ सय ९८ जनाको भने विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

७ सय ७३ कर्मचारी कोरोना बीमाबाट वञ्चित
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले नेपाल प्रहरीमा सामूहिक कोरोना बीमा गरिदिएको भए पनि भदौ १२ गतेभन्दा अघि संक्रमित भएकाहरुले भने बीमा नपाउने भएका छन् । सरकारको निर्देशनबमोजिम प्रहरी प्रधान कार्यालयले ८० हजार प्रहरी कर्मचारीको बीमा गरेको भए पनि भदौ १२ गतेबाट मात्रै उक्त बीमा लागू गरेका कारण संक्रमित ७ सय ७३ जनाले बीमा नपाउने नेपाल प्रहरीका प्रवक्ता कठायतले जानकारी दिए । नेपाल समाचारपत्र दैनिक