९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा सिटी हलको शुभारम्भ, विकास निर्माणले आर्थिक गतिविधिलाई बढवा दिन्छ : उपप्रधानमन्त्री सिंह



अ+ अ-

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित भवानियापुरमा निर्माण भएको नेपालगञ्ज सिटी हलको आज शुभारम्भ भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेद्वारा निर्माण भएको सो सिटी हलको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभाररम्भ गरेका छन्। उनले विकास निर्माणका कारण अर्थतन्त्र चलायमान हुने उल्लेख गर्दै यसले आर्थिक गतिविधिलाई बढवा दिने बताए ।

उप्रधानमन्त्री सिंहले भने “सहरका यस्ता विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ र यसले अर्थतन्त्रमा योगदान गर्छ ।” उनले विगतका तुलनामा विकासले गति लिएको उल्लेख गर्दै समाजमा केही नभएको भनेर नकारात्म प्रवृत्ति हावी भएको बताए । उनले सिटी हलको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टलाई हस्नान्तरण गरेका छन्।

प्रतिनिधिसभाका सदस्य किशोरसिंह राठौरले सहरमा विकासले गति लिँदै जाँदा त्यसबाट स्थानीयले लाभ लिन सक्नेमा जोड दिँदै समाजमा गलत भाष्य निर्माण गरेर केही नभएको प्रचार गरिएको बताए । प्रतिनिधिसभाका सदस्य दीपा शर्माले महानगर बन्नका लागि यस्ता पूर्वाधार सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सिटी हललाई शीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए ।

कूल रू २८ करोड बढी लागतमा निर्माण भएको सिटी हलको क्षमता सात सय ९५ सिट रहेको छ । विसं २०७५ मा निर्माण सुरू गरिएको सिटी हल २०८१ साउनमा निर्माण सम्पन्न भएको थियो ।