६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमितलाई पाइलैपिच्छे सास्ती



अ+ अ-

काठमाडौँ । भक्तपुर सूर्यविनायकका एक पुरुषलाई साउन २८ मा कोरोना संक्रमण पुष्टि भयो । मधुमेह, उच्च रक्तचापका दीर्घरोगी हुनाले कोरोनाको कुनै लक्षण नभए पनि आत्तिए ।
अस्पतालको आइसोलेसनमा जान वडा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), स्वास्थ्य सेवा विभाग हुँदै मन्त्रालयका पदाधिकारीलाई गुहारे । तीन दिनपछि बल्ल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा ठाउँ पाए । संक्रमण पुष्टि भएको सोह्रौं दिनमा उनी अस्पतालबाट डिस्चार्ज भएर घर आउँदा परिवारका कोही थिएनन् । अघिल्लो दिनै संक्रमण देखिएर उनका श्रीमती, छोरा र सालो आइसोलेसन गइसकेका थिए ।

ती पुरुषलाई कोरोना पोजिटिभ देखिएको नवौं दिनमा परिवारजनको स्वाब संकलन गरिएको थियो । तेस्रो दिनमा पीसीआर रिपोर्ट पोजिटिभ आयो । उनका छोरा र सालोलाई लक्षण पनि देखिएको थियो । उनीहरूले आइसोलेसनमा जान चाहँदा स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिस चाहिने भयो । संक्रमितलाई आइसोलेसनमा पठाउन बाँकी नै थियो । तर उनीहरूको बसेको घर छेउमा प्रहरीले कोरोना संक्रमित क्षेत्र भनेर कागज टाँसिसकेको थियो । ‘कोरोना पोजिटिभ देखिनेबित्तिकै समुदायमा सबै जना डराएका थिए । संक्रमित भएको थाहा पाएको तीन दिनसम्म पनि घरमै बसेपछि हल्ला फैलियो,’ संक्रमित महिलाले भनिन्, ‘त्यसपछि हामीलाई विभेद हुन थाल्यो ।’

संक्रमित तीन जनाले वडा र जनस्वास्थ्यले ढिलाइ गरिदिँदा आइसोलेसन सेन्टर जान तीन दिन कुर्नुपरेको थियो । ‘त्यो पनि भनसुन गर्नुपर्‍यो,’ संक्रमितका आफन्त सुमन लुइँटेलले भने, ‘टोलमा अझै कन्ट्याक्ट ट्रेसिङ भएको छैन ।’ संक्रमितलाई अस्पताल भर्ना गर्न र एम्बुलेन्सको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता, टेकु अस्पतालका निर्देशकलाई हारगुहार गरेको उनले बताए । यसअघि ईडीसीडीले संक्रमितलाई सिधै आइसोलेसनमा पठाउँथ्यो । मन्त्रालयको सिफारिसमा मात्रै आइसोलेसनमा जान पाइने व्यवस्थाले संक्रमितलाई सास्ती थपेको छ । लुइँटेलका अनुसार वडाले जिल्लालाई, जिल्लाले मन्त्रालयमा जानकारी गराएपछि मात्रै उनीहरूलाई आइसोलेसनमा लगियो । ‘आफूलाई संक्रमण भएपछि चिन्तामा परेकाहरूलाई व्यवस्थापन गर्ने प्रक्रिया नै झन्झटिलो रहेछ । यसले झन् पीडा थप्दो रहेछ,’ लुइँटेलले भने । संक्रमित भएको क्षेत्रमा निर्मलीकरण पनि आफ्नै खर्चमा गर्नुपरेको उनले सुनाए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले लक्षण नभएका संक्रमितलाई पनि अस्पतालमा भर्ना गर्दा लक्षण देखिएकालाई उपचार गर्न शय्या अभाव हुने भएकाले मन्त्रालयको सहमति चाहिने व्यवस्था गर्नुपरेको बताए । ‘संक्रमितलाई झन्झट र पीडा हुने प्रावधान राखेका छैनौं,’ उनले भने, ‘भर्ना हुन स्थानीय तहको कुनै पनि सिफारिस आवश्यक पर्दैन ।’ अस्पताल गएपछि पनि कष्ट खेप्नुपर्छ । काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटको आइसोलेसनमा बसेका प्रहरी प्रधान कार्यालयका प्रहरीले अस्पतालको सेवाको असुन्तष्टि जनाएका छन् । अस्पतालको आइसोलेसनमा रहँदा दिनहुॅ नजाँचिदिँदा उनी आत्तिएका थिए । ‘अस्पतालमा सुरुमा जाँदा चिकित्सक र नर्सले अवस्था सोधखोज गरे तर त्यसपछि वास्तै गरेनन,’ डिस्चार्ज भइसकेका उनले भने, ‘केही समस्या भयो भने फोन गर्नु है भन्थे । कहिल्यै डाक्टर आएनन् ।’ त्यहाँ लक्षण नभएका पुरुषलाई मात्रै आइसोलेसनमा राख्ने गरिन्छ । कान्तिपुर दैनिकमा समाचार छ । कान्तिपुर दैनिक