८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा फुटबलः सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने



अ+ अ-

कैलाली। जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन्।

गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल यही फागुन १४ गते हुँदैछ।

दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदूरपश्चिम प्रदेशको टिमसँग प्रतिस्पर्धा गर्ने भएको हो। सुदूरपश्चिमले यसअघिको पहिलो सेमिफाइनलमा कर्णालीलाई १–० ले हराउँदै फाइनल पुगेको हो।

सोमबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई १-० ले हराउँदै फाइनलमा पुगेको हो। लुम्बिनीको जितमा विनोद केवतले निर्णायक गोल गरे। उनले खेलको ७५औँ मिनेटमा गोल गरेका हुन्। आफ्नो टोलीलाई फाइनल पुर्याउन उत्कृष्ट खेल प्रदर्शन गरेका अभिनाश थापामगर ‘म्यान अफ द म्याच’ भए। उनले नगद रु पाँच हजारसहित ट्रफी पाएका छन्।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीचको फाइनल खेल महाशिवरात्रिका दिन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउँनेछन् भने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्ट रक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदयमान खेलाडी रु १५ हजार, फेयर प्ले टिमलाई रु १५ हजार पुरस्कार दिइनेछ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजारसहित ट्रफी दिइनेछ। प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता रहेको आयोजक गौरीगङ्गा–११ स्पोर्टस् क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिएका हुन्। रासस