९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा फुटबलः सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने



अ+ अ-

कैलाली। जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन्।

गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको फाइनल खेल यही फागुन १४ गते हुँदैछ।

दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई पराजित गरेपछि उपाधिका लागि सुदूरपश्चिम प्रदेशको टिमसँग प्रतिस्पर्धा गर्ने भएको हो। सुदूरपश्चिमले यसअघिको पहिलो सेमिफाइनलमा कर्णालीलाई १–० ले हराउँदै फाइनल पुगेको हो।

सोमबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीको राइजिङ स्टार क्लबले बागमती प्रदेशको लक्की स्टार क्लबलाई १-० ले हराउँदै फाइनलमा पुगेको हो। लुम्बिनीको जितमा विनोद केवतले निर्णायक गोल गरे। उनले खेलको ७५औँ मिनेटमा गोल गरेका हुन्। आफ्नो टोलीलाई फाइनल पुर्याउन उत्कृष्ट खेल प्रदर्शन गरेका अभिनाश थापामगर ‘म्यान अफ द म्याच’ भए। उनले नगद रु पाँच हजारसहित ट्रफी पाएका छन्।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीचको फाइनल खेल महाशिवरात्रिका दिन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले रु पाँच लाख नगदसहित ट्रफी पाउँनेछन् भने उपविजेताले रु दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार, उत्कृष्ट गोलरक्षक रु १५ हजार, उत्कृष्ट रक्षक रु १५ हजार, उत्कृष्ट फरवार्ड रु १५ हजार, सर्वाधिक गोलकर्ता रु १५ हजार, उदयमान खेलाडी रु १५ हजार, फेयर प्ले टिमलाई रु १५ हजार पुरस्कार दिइनेछ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजारसहित ट्रफी दिइनेछ। प्रतियोगितामा सात वटा प्रदेशका टिमको सहभागिता रहेको आयोजक गौरीगङ्गा–११ स्पोर्टस् क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिएका हुन्। रासस




भर्खरै