३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्कस रास्फोर्ड एस्टन भिल्लामा, म्यान्यूको सङ्कट थप गहिरियो



मार्कस रास्फोर्ड
अ+ अ-

म्यान्चेस्टर युनाइटेडका फर्वार्ड मार्कस रास्फोर्ड (Marcus Rasford) एस्टन भिल्लामा आबद्ध भएका छन् । विगत तीन–चार सिजनदेखि प्रिमियर लिगमा खासै राम्रो प्रदर्शन गर्न नसकेको म्यान्चेस्टर युनाइटेडले आफ्ना प्रभावशाली खेलाडी एस्टन भिल्लालाई ऋणमा दिएपछि त युनाइटेडको सङ्कट अझ चुलिएको छ ।

समाचार अनुसार, यो सिजनका बाँकी खेलहरु रास्फोर्डले एस्टन भिल्लाबाट खेल्नेछन् ।

सन् २०१६ मा म्यान्चेस्टर युनाइटेडमा आबद्ध भएयता उनले क्लबका लागि ४२६ खेल खेलिसकेका छन् । उनले क्लबका लागि १३८ गोल गर्नुका साथै पाँच वटा ट्रफी उचालेका छन् ।

एन्टोनी

यस सिजन पनि रास्फोर्डले युनाइटेडका लागि २४ खेल खेलेर सात गोल गरेका थिए । यद्यपी पछिल्लो समय उनको खेलस्तर केही खस्केको छ । उनी पछिल्लो पटक युनाइटेडका लागि गत डिसेम्बरमा युरोपा लिग अन्तर्गत भिक्टोरिया प्लाजेन विरुद्धको खेलमा सहभागी भएका थिए । त्यस खेलमा युनाइटेड २–१ गोलले विजयी भएको थियो ।

२७ वर्षीय रास्फोर्ड इङल्यान्डको राष्ट्रिय टोलीबाट ६० वटा खेल खेल्नुका साथै १७ गोल गर्न सफल भएका छन् । उनी दुई पटक इङल्यान्डको विश्वकप टिममा सहभागी भइसकेका छन् ।

रास्फोर्डलाई एस्टल भिल्ला पठाएसँगै युनाइटेडले २० वर्षीय डेनिस डिफेन्डर प्याट्रिक डोर्गुलाई इटालीयन क्लब लिसबाट टिममा भित्र्याएको छ । यस्तै, आर्सनलका १८ वर्षीय डिफेन्डर आइडेन हेभनलाई पनि युनाइटेडले लिएको छ ।

उता, युनाइटेडका प्रभावशाली ब्राजिली फर्वार्ड एन्टोनी (Antony) पनि यस सिजनको अन्त्यसम्मका लागि भन्दै स्पेनिस ला लिगाको क्लब रियल बेटिसमा लोनका रुपमा गएका छन् ।

अहिले युनाइटेड इङलिस प्रिमियर लिगको १५ स्थानमा छ ।  #ManchesterUnited