२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहर कारागारमा, देशका सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखियो



अ+ अ-

काठमाडौं । देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्रै केन्द्रीय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले जानकारी दिए । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देशभरका ७१ कारागारमध्ये सात वटामा संक्रमण देखिएको बताए । उनका अनुसार ती सात कारागारमा रहेका कैदी बन्दी, सुरक्षाकर्मी र कर्मचारीमध्ये ६ सय ५८ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।

आइतबार थप भएका ३५ कैदीबन्दीसहित सो संख्या १ सय ६६ पुगेको छ । आइतबार साँझ केन्द्रीय कारागारमा थप भएका ३५ जना कैदी बन्दीसहित संक्रमित कैदी बन्दीको संख्या देशभर ७२ बाट बढेर १ सय ७ पुगेको छ । यसबाहेक कारागार सुरक्षामा खटिएका ५२ सुरक्षाकर्मी र सात कर्मचारीमा समेत हालसम्म संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये हालसम्म ४८ जना कैदी बन्दी उपचारपछि संक्रमण मुक्त भइसकेका छन् भने अन्य कैदीबन्दी विभिन्न स्थानमा रहेका कोभिड अस्पतालहरूमा उपचाररत छन् । यसैगरी १८ जना सुरक्षाकर्मी निको भइसकेका छन् भने ३४ जना उपचाररत छन् । यस्तै, सात कर्मचारीमध्ये ६ जना निको भइसकेका छन् भने एक जना उपचाररत छन् । कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सापकोटाले कारागारमा रहेका कैदी बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीलाई कैदीबन्दीलाई अस्पताल वा अदालत लैजाँदा संक्रमण सरेको हुन सक्ने बताए ।

‘कारागार आफैंमा आइसोलेसन हो, त्यहाँभित्र बाहिरका व्यक्तिसँगको भेटघाट बन्द छ, अदालत वा अस्पताल लाँदा–ल्याउँदा संक्रमण सरेको हुन सक्छ, कताबाट फैलियो भन्ने थाहा छैन,’ सापकोटाले भने । देशभरका कारागारमा हाल २४ हजार १ सय ६३ कैदी बन्दी छन् । तर, देशभर १६ हजार कैदी बन्दी मात्रै राख्न सक्ने क्षमता छ । कतिपय स्थानका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएका छन् । कारागार प्रशासनले कारागारभित्र कैदी बन्दीहरूलाई सामाजिक दुरी कायम गरेर राख्नै समस्या भएको बताउँदै आएको छ । ‘बाहिर जस्तो कारागारभित्र सामाजिक दुरी कायम गर्न सकिने अवस्था छैन, हामीसँग त्यस किसिमको कारागारको संरचना पनि छैन,’ एक कारागार प्रशासनका कर्मचारीले भने । कैलालीमा कारागारमा कैदी बन्दी राख्न समस्या भएपछि महिला कैदी बन्दीहरू बस्ने वार्ड खाली गराएर बर्दिया र दैलेख सारिएको छ ।

यसैगरी, संक्रमणको जोखिमसँगै स्थान अभाव भएपछि केन्द्रीय कारागारमै रेडक्रसले दिएको टेन्टभित्र कैदी बन्दीलाई राखिएको छ । सुनसरीको झुम्का कारागारमा समेत आन्तरिक मामिला तथा कानुन मन्त्रलयले दिएको टेन्ट प्रयोग गरिएको छ । कारागार व्यवस्थापनले संक्रमण सुरु भएदेखि नै सावधानी अपनाउँदै कारागारमा रहेका कैदी बन्दीहरूसँग हुने आफन्तको भेटघाट बन्द गराएको छ भने परिवारबाट भेटघाटमा आउँदा ल्याइने खाना दिन बन्द गराएको छ ।

कैदी बन्दीहरूसँगको पारिवारिक भेटघाट बन्द गराएपछि कारागार व्यवस्थापनले हरेक कारागारमा परिवारसँग सम्पर्क गर्न भन्दै टेलिफोन संख्या बढाइदिएको छ । हाल केन्द्रीय कारागारमा मात्रै कैदी बन्दीका लागि २५ सेट टेलिफोन राखिएका छन् । राजधानी दैनिक