२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएसएआईडीअन्तर्गत नेपालमा सञ्चालित थप सात कार्यक्रम रोकिए



अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) अन्तर्गत बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका थप सात वटा कार्यक्रम रोकिएका छन् ।

सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चार वटा कार्यक्रमहरू ९० दिनका लागि रोकिएको जानकारी गराएको हो ।

त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीन वटा कार्यक्रमहरू पनि रोकिएको मन्त्रालयले उल्लेख गरेको छ । उक्त कार्यक्रमहरू डिजाइनको क्रममा रहेकाले सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अमेरिकाले सहयोग नियोग यूएसएआईडीबाट नेपालमा सन् १९५१ देखि निरन्तररुपमा अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा सहयोग गर्दै आईरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाल लगायत केही देशमा अमेरिकी सहयोग नियोग यूएसएआईडीले गरेका लगानीलाई ठगी भन्दै त्यसलाई बन्द गर्न भनेपछि नेपालमा यस्ता कार्यक्रमहरू रोकिएका छन् ।