५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार नालायक र दमनकारी बन्दै गएको नेकपा एसको निष्कर्ष – पूर्णपाठ



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक भएको छ ।

फागुन ९ र १० गते ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बसेको दोस्रो पूर्ण बैठकले आन्दोलनको कार्ययोजनासहित चारवटा निर्णय पारित गरेको हो ।

बैठकले वर्तमान राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थिति र हाम्रा कार्यभारसम्बन्धी राजनीतिक प्रतिवेदन विभिन्न सुझावसहित पारित गरेको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, विनियमहरू, विभिन्न निर्देशिकाहरू, महाधिवेशनको सामान्य समीक्षा, पार्टीको तात्कालिक कार्ययोजना र पार्टीका तात्कालिक संगठनात्मक तथा विभिन्न राजनीतिक विषयमा छलफल भएको छ ।

छलफलमा १७६ केन्द्रीय सदस्यले भाग लिएका थिए ।
सरकार नालायक र दमनकारी बन्दै जाने, सडकले सही बाटो नभेटाएर अराजक र पपुलिष्ट बन्दै जाने वर्तमान राजनीतिक अवस्था रहेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुषालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।

उनले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको वचत डुबेको बताए ।

त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिइ अविलम्व कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रिय कमिटीले गरेको बताए ।

यस्तो छ पूर्णपाठः

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/02/resolutions-of-2nd-meeting.pdf” title=”resolutions of 2nd meeting”]