४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिपको फाइनलको टिकट दोब्बर बढी



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलको टिकट दर दोब्बर बढी भएको छ ।

यसअघि भिआइपी पाराफिटतर्फ १ हजार र‌ साधारणतर्फ ५ सय रुपैयाँको‌ टिकट दर राखिएकामा फाइनलका लागि उक्त रकम बढेर भिआइपीका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम हो ।

एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको जनाइएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा (एन्फा)ले जारी गरेको टेण्डरमा नेपाल फाइनलमा पुगेको खण्डमा २ हजार र १ हजार टिकट मुल्य रहने भनिएको र सोही अनुरूप मुल्य बढेको एन्फाले जनाएको छ ।

टिकट दर बढे पनि टिकेटिङ अधिकार प्राप्त ब्रान्ड लजिकले भने १ हजार र ५ सय नै प्राप्त गर्नेछ भने वृद्धि भएको १ हजार र ५ सय रकम फुटबल विकासको लागि एन्फालाई उपलब्ध हुने बताइएको छ ।

च्याम्पियनसिपको फाइनल बुधबार हुँदैछ । उपाधिका लागि घरेलु टोलि नेपाल र म्यानमारले प्रतिस्पर्धा गर्दैछन् ।