४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिपको फाइनलको टिकट दोब्बर बढी



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलको टिकट दर दोब्बर बढी भएको छ ।

यसअघि भिआइपी पाराफिटतर्फ १ हजार र‌ साधारणतर्फ ५ सय रुपैयाँको‌ टिकट दर राखिएकामा फाइनलका लागि उक्त रकम बढेर भिआइपीका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम हो ।

एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको जनाइएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा (एन्फा)ले जारी गरेको टेण्डरमा नेपाल फाइनलमा पुगेको खण्डमा २ हजार र १ हजार टिकट मुल्य रहने भनिएको र सोही अनुरूप मुल्य बढेको एन्फाले जनाएको छ ।

टिकट दर बढे पनि टिकेटिङ अधिकार प्राप्त ब्रान्ड लजिकले भने १ हजार र ५ सय नै प्राप्त गर्नेछ भने वृद्धि भएको १ हजार र ५ सय रकम फुटबल विकासको लागि एन्फालाई उपलब्ध हुने बताइएको छ ।

च्याम्पियनसिपको फाइनल बुधबार हुँदैछ । उपाधिका लागि घरेलु टोलि नेपाल र म्यानमारले प्रतिस्पर्धा गर्दैछन् ।