२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको लज्जास्पद हारपछि शोएब अख्तरले रिसाएर के भने ?



अ+ अ-

एजेन्सी । पाकिस्तानी टोलीका पूर्व क्रिकेटर शोएब अख्तरले भारतसँगको लज्जास्पद हारपछि पाकिस्तानी खेलाडीलाई गाली गरेका छन् । च्याम्पियन्स ट्रफी २०२५ को पाँचौं खेलमा भारतीय टोलीले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।

यो खेलपछि शोएब निराश देखिए । खेलपछि उनले व्यवस्थापनले गरेको छनोट निर्णय र वर्तमान पाकिस्तानी टोलीमा गुणस्तरको कमीलाई हेर्दा यस्तो भएको बताए ।

सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै पाकिस्तानी खेलाडीहरूको आलोचना गरे । उनले भनेका छन्, ‘मानिसहरुले सोचेका होलान् म निकै निराश भएको छु । म कत्ति पनि निराश छैन । यो किनभने मलाई पहिले नै थाहा थियो यो हुन गइरहेको थियो । संसारमा छ वटा बलर खेलाइएको छ र तपाईले पाँचलाई पनि व्यवस्थापन गर्न सक्नुहुन्न । तपाईं अलराउन्डरहरूसँग जानुहुन्छ, मलाई थाहा छैन तपाईं के सोच्दै हुनुहुन्छ ।’

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा भारतीय टोलीले ४५ बल बाँकी रहँदा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हारसँगै पाकिस्तानी टोली च्याम्पियन्स ट्रफी २०२५ को समूह ‘ए’ को अन्तिम स्थानमा पुगेको छ । अब च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्ने पाकिस्तानी टोलीको बाटो निकै कठिन भएको छ ।