• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

भारतका गृहमन्त्री अस्पतालबाट डिस्चार्ज



भारत । भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार एम्सबाट डिस्चार्ज भएका छन् । ५५ वर्षका शाहलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने भएपछि
१८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो । 

गृहमन्त्रीलाई अगस्ट २ मा कोरोनाको संक्रमण देखिएको थियो । उनको कोरोनाको उपचार मेदान्त अस्पतालमा भएको थियो भने १४ अगस्टमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी मेन्दान्तबाट डिस्चार्ज भएर एम्समा भर्ना भएका थिए ।

भारतमा कोरोना संक्रमितको संख्या बढेर ३६ लाख १९ हजार १ सय ६९ पुगेको  छ ।